कान्तिपुर नगर भित्रका अग्टमातृका शक्ति पिठ(पिगंः) र अजिमाहरु एवं अन्य प्रमुख देवीहरु समेत पृष्ठभूमि प्राचीन नेपालमण्डलको पहिलो राजधानी भक्तपुर र त्यसपछिका नरदेश बिशालनगर हाडिगाउँ त्यसपछि गुणप्व लायकु हालको हनुमाढोका दरवारतयार भई कान्तिपुर नगर निर्माण हुनु अघि लिच्छिवि राजा गुणकामदेवले कलिगत सम्वत ३८२७ ने.सं. मा यहाँको बिष्णुमती, बागमती, इक्षुमती( तुकुचा), रुद्रमती(हिज्याःखुसी- धोविखोला)को किनारामा दक्षिण मञ्जुपतन यंगाल कोलिग्राम र उत्तरको यम्बु कोलिग्रामका दुई कोलिग्रामनामका प्राचीन बस्तीलाई एकै ठाउँमा समायोजन गरि। एकातर्फ स्वयम्भू र अर्कोतर्फ भिरालो भूमि पर्ने गरि महामञ्जुश्री तथा शक्तिका प्रतीक रहेको खड्ग आकार भूमिको कान्तिपुर शहर निर्माण गरेको भन्ने बंशाबली इतिहासमा रहेको भन्ने छ । बंशाबली इतिहासमा लेखिए अनुसार राजा गुणकामदेवले खड्ग आकार कान्तिपुर नगर भूमिलाई तन्त्र साधना विधिबाट नगरका विभिन्न आठ कुनामा आठ अजिमायुक्त शक्ति पिठ(पिगंः) र भैरब शक्तिका तान्त्रिक सुरक्षा घेराका रुपमा अजिमायुक्त शक्ति पिठ(पिगंः)ले घेरिएर राखेको छ । ...
Skip कलङ्की मन्दिर परिचय कलह र कलङ्क नासिनी भगवती कलङ्की माता ~ श्री कलङ्की माता ~ प्रकाश्मान शिल्पकार प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन । श्री कलङ्की माता तथा अन्य देवगणहर यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरूको भनाई अनुसार यो शक्ति पीठ पौराणिक कालमा श्रीसतीदेवीको अंग पतन भई उत्पति भएका शक्त...
कल्खु अजिमा कल्खु कलह, लः र खु शब्दहरु समायोजन भएर कल्खु भएको हुन सक्ने अनुमान गर्न कुनै तगारो देखिन्दैनन् । शब्दावली अनुसार शब्दको अर्थहरुमा क्रमशः कलहको झैझगडा वा अशान्त । लःको अर्थ पानी र खुको अर्थ जल बगिरहेको प्रवाह स्थल खुसी अर्थात खोला,नाला वा नदी हुन् । जस्तै - न्यखु, लखु, लुँखुसि, भौचाखु , भौचाखुसि, बल्खु ,चल्खु तथा हिजाखुसी आदि) । अजिमा "अजिमा" शब्द नेपाल भाषाको शब्दावली हुन् । नेपाल भाषा भन्नाले प्राचीन नेपाल नेपालमण्डलको राष्ट्रिय भाषा हुन् । अहिले नेपालको राष्ट्रियता नेपाली भने जस्तै त्यस समय नेपालमण्लको राष्ट्रियता नेवाः र राष्ट्रिय भाषा नेपाल भाषा रहेको थियो । नेपाल भाषालाई अहिले नेवाः भाषा वा नेवार भाषा भन्ने गरिन्छ । नेवाः भाषा अनुसार आमाको आमा,बुबाको आमा तथा गर्भवती महिला प्रसव हुँदा सकुशल शिशु जन्ममा सहयोग गर्ने प्रसव अनुभवी महिलालाई अजि भन्ने गरिन्छ । मां भन्नाले जननी याने आमा हो । यसरी मां र अजि शब्द समायोजन भएर अजिमा भएको । अनि बुढी बज्यैलाई अजिमा भन्ने गरे...
Comments
Post a Comment