Posts

Showing posts from April, 2026

🙏 कलङ्की माईको आत्मकथा 🙏 (Kalanki Maiko Aatma Katha

Image
  .                  🙏  कलङ्की माईको आत्मकथा   🙏                   (Kalanki Maiko Aatma Katha) 🌺  म को हुँ   🌺 म अष्टमातृका देवीगणमध्येकी एक मातृशक्ति — *कुमारी (कौमारी)* को बालरूप, *बालकुमारी* हुँ। मेरा भक्तजनहरूले मलाई "कलङ्की माई" र "कलङ्की माता" भनी श्रद्धापूर्वक पूजा गर्दै आएका छन्।  प्राचीनकालमा भक्तहरू मलाई *"कल्खु अजिमा"* भनेर पुकार्थे। "कल्खु अजिमा" बाट अपभ्रंश हुँदै "कलंखु बालकुमारी" र कालान्तरमा *"कलङ्की माई/माता"* नाम प्रचलनमा आएको हो। *मेरो वाहन र वासस्थान*   म *मयूरमा सवार* भएर हिँड्न रुचाउँछु; मयूर नै मेरो वाहन हो। म शिवपुरी डाँडास्थित पवित्र विष्णुपादुकाबाट बग्ने *विष्णुमती नदीको पश्चिम भेग, "न्हेपंखा"* नामक स्थानमा निवास गर्छु।  पहिले यहाँ नरकटको घना जंगल थियो, जसलाई स्थानीय भाषामा "न्ह्यापं कच्छी" भनिन्थ्यो। यही कारणले यस क्षेत्रलाई "न्हेपंखा" भनिएको हो। पछि मेरै नामबाट यो क्षेत्र *"कलङ्की"* नामले परिचित भयो। *भौगोलिक पहिच...