Posts

🙏 कलङ्की माईको आत्मकथा 🙏 (Kalanki Maiko Aatma Katha

Image
  .                  🙏  कलङ्की माईको आत्मकथा   🙏                   (Kalanki Maiko Aatma Katha) 🌺  म को हुँ   🌺 म अष्टमातृका देवीगणमध्येकी एक मातृशक्ति — *कुमारी (कौमारी)* को बालरूप, *बालकुमारी* हुँ। मेरा भक्तजनहरूले मलाई "कलङ्की माई" र "कलङ्की माता" भनी श्रद्धापूर्वक पूजा गर्दै आएका छन्।  प्राचीनकालमा भक्तहरू मलाई *"कल्खु अजिमा"* भनेर पुकार्थे। "कल्खु अजिमा" बाट अपभ्रंश हुँदै "कलंखु बालकुमारी" र कालान्तरमा *"कलङ्की माई/माता"* नाम प्रचलनमा आएको हो। *मेरो वाहन र वासस्थान*   म *मयूरमा सवार* भएर हिँड्न रुचाउँछु; मयूर नै मेरो वाहन हो। म शिवपुरी डाँडास्थित पवित्र विष्णुपादुकाबाट बग्ने *विष्णुमती नदीको पश्चिम भेग, "न्हेपंखा"* नामक स्थानमा निवास गर्छु।  पहिले यहाँ नरकटको घना जंगल थियो, जसलाई स्थानीय भाषामा "न्ह्यापं कच्छी" भनिन्थ्यो। यही कारणले यस क्षेत्रलाई "न्हेपंखा" भनिएको हो। पछि मेरै नामबाट यो क्षेत्र *"कलङ्की"* नामले परिचित भयो। *भौगोलिक पहिच...

कल्खु अजिमा

Image
  कल्खु अजिमा कल्खु          कलह, लः र खु शब्दहरु समायोजन भएर कल्खु भएको हुन सक्ने अनुमान गर्न कुनै तगारो देखिन्दैनन् । शब्दावली अनुसार शब्दको अर्थहरुमा  क्रमशः  कलहको झैझगडा वा अशान्त । लःको अर्थ पानी र खुको अर्थ  जल बगिरहेको प्रवाह स्थल खुसी अर्थात खोला,नाला वा नदी हुन् । जस्तै - न्यखु, लखु, लुँखुसि, भौचाखु , भौचाखुसि, बल्खु ,चल्खु  तथा हिजाखुसी आदि) । अजिमा          "अजिमा" शब्द  नेपाल भाषाको शब्दावली हुन् । नेपाल भाषा भन्नाले प्राचीन नेपाल नेपालमण्डलको राष्ट्रिय भाषा हुन् ।  अहिले नेपालको राष्ट्रियता नेपाली भने जस्तै त्यस समय नेपालमण्लको राष्ट्रियता नेवाः र राष्ट्रिय भाषा नेपाल भाषा रहेको थियो । नेपाल भाषालाई अहिले नेवाः भाषा वा नेवार भाषा भन्ने गरिन्छ । नेवाः भाषा अनुसार आमाको आमा,बुबाको आमा तथा गर्भवती महिला प्रसव हुँदा सकुशल शिशु जन्ममा सहयोग गर्ने प्रसव अनुभवी महिलालाई अजि भन्ने गरिन्छ । मां भन्नाले जननी याने आमा हो । यसरी मां र अजि शब्द समायोजन भएर अजिमा भएको । अनि बुढी बज्यैलाई अजिमा भन्ने गरे...

कलंकीथानको फेरीयो स्वरुप

  कलंकीथानको  फेरीयो स्वरुप        काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमूख पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ रविभवन क्षेत्र र चक्रकथ कलंकीचोकको सडक खण्डको झन्दै मध्य बीचभागमा ठिङ्ग ठडीरहेको देखिने तर सडक विस्तारले पटक पटक मिच्दै प्राचीन शक्तिपिठका रुपमा रहेको मन्दिर अतिक्रमण भईरहन्दा पनि उल्टै सडकको बिचमा मन्दिर किन भनेर  बाहिरबाट यहाँ आएर बस्ने केही महानुभावहरुको आँखाको तारो बन्दै गएको श्री श्री श्री कलंकीमाईको मन्दिरको साविकको स्वरुप फेरीएको छ  ।  मन्दिरको भित्र बाहिर चारै तर्फ मार्वललका भित्ता , फालमको बार, ढोका माथी प्यागोडा शैलीमा एक गजुुर अनि  फालमको बार माथि चारै तर्फ पित्तलको झल्लरले सजिएको र  फलामको चेन खापा सहितको ढोका रहेको साविक प्राचीन स्थानीय नाम न्हेपंखा रही हाल कलंकी नामबाट विश्वरभर चिनिन्दै गएको स्थानको स्वामिनी श्री कलंकीमाई( कल्खु अजिमा) मन्दिरको स्वरुप  फेरीएको छ । कलंकीमाई तान्त्रिक देवी अजिमा तथा बालकुमारी देवी        कलंक...

रजत महोत्सवले मुस्कुराएकी कलंकी आमा

Image
  रजत महोत्सवले मुस्कुराएकी कलंकी आमा         काठमाण्डौ महानगरपालिकाको १४ नं. वडा अन्तर्गत रहेकी श्री कलंकी माई( कल्खु अजिमा) मुसु मुस्कुराई रहकेो कलंकी मन्दिरको परिवर्तित स्वरुप तथा मन्दिरको झिल्लीमिल्ली बत्ती र फूलमालाको सजावटले  माताका सबै भक्तजनहरुलाई आभास दिएको छ । कलंकी क्षेत्र   नेपालको केन्द्रीय राजधानी काठमाण्डौको प्रमुख प्रवेश द्वारको रुपमा रही आएको छ । श्री कलंकी माता , प्राचीन नेपालमण्डलको कान्तिपुर नगरको पश्चिम विष्णुमती पारीको उचाईमा अवस्थित न्हेपंखा भन्ने ग्राममा विराजमान भएर कान्तिपुरनगरको पश्चिम द्वारको तान्त्रिक सुरक्षमा रहेकी छिन् ।  स्थानीय  स्वामिनी रहेकी काली स्वरुपिनी  श्री कुमार भगवानको  शक्तिरुपि कुमारीको बालरुपमा परिचित बालकुमारी माता  कलखु अजिमा हाल विश्वरभर श्री कलंकी मताका नामले  दिनहुँ श्री वृद्धि हुँदै गएको छ । यसरी विश्वभर दिनहुँ माताको नाम श्री वृद्धि हुँदै जानुमा माता बिराजमा रहेको न्हेपंंखा ग्रामको नाम नै माताको  नामबाट कलंकीमा रुपान्तरण भएर जानुको मूल कारण हो ।     ...

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट)

  राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर  (एक टिपोट) ✍️ प्रकाशमान शिल्पकार * पृष्ठभूमि        संघीय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ महानगर प्रवेशको पश्चिम प्रवेशद्वारका रुपमा रहेको कलंकी क्षेत्र र कलंकी मन्दिर( कलंकीस्थान) हाल विश्वभर झन झन् प्रख्यात हुँदै गएको छ । पृथ्वी राजमार्ग , त्रिभुवन राजमार्ग (राजपथ) र नारायणगढ मुग्लिन मार्ग भई केन्दिरय राजधानी प्रवेशष गर्ने मूल द्वारका रुपमा कायम भई आएका कारण यश कलंकी क्षेत्र दिनहुँ विश्वभर प्रचार प्रसार हुँदै जानुनै हो । यसरी कलंकी नामले विश्वर प्रचार हुँदै गए पछि यस क्षेत्रका स्वामिनी देवी श्री कलंकी माता ( माई) समेतको पनि दिनहुँ जस्तो श्रीवृद्धि भइ प्रचार हुँदै गएका छन्। बागमती प्रदेशको ८ नं चुनाव क्षेत्रमा परेको यो कलंकी क्षेत्र काठमाण्डौ महानगरपालिकाको १४ नं वडा भित्र पर्दछ।   * भौगोलिक अवस्था-        कलंकी क्षेत्रको भौगोलिक स्वरुप - पूर्व तर्फ यसै वडा अन्तर्गतको मनमती खोला र बिष्णुमति खोलाको संगम स्थल ज्ञान तिर्थ, कुलः अजिमा(श्...