कलंकीथानको फेरीयो स्वरुप
कलंकीथानको फेरीयो स्वरुप
काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमूख पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ रविभवन क्षेत्र र चक्रकथ कलंकीचोकको सडक खण्डको झन्दै मध्य बीचभागमा ठिङ्ग ठडीरहेको देखिने तर सडक विस्तारले पटक पटक मिच्दै प्राचीन शक्तिपिठका रुपमा रहेको मन्दिर अतिक्रमण भईरहन्दा पनि उल्टै सडकको बिचमा मन्दिर किन भनेर बाहिरबाट यहाँ आएर बस्ने केही महानुभावहरुको आँखाको तारो बन्दै गएको श्री श्री श्री कलंकीमाईको मन्दिरको साविकको स्वरुप फेरीएको छ । मन्दिरको भित्र बाहिर चारै तर्फ मार्वललका भित्ता , फालमको बार, ढोका माथी प्यागोडा शैलीमा एक गजुुर अनि फालमको बार माथि चारै तर्फ पित्तलको झल्लरले सजिएको र फलामको चेन खापा सहितको ढोका रहेको साविक प्राचीन स्थानीय नाम न्हेपंखा रही हाल कलंकी नामबाट विश्वरभर चिनिन्दै गएको स्थानको स्वामिनी श्री कलंकीमाई( कल्खु अजिमा) मन्दिरको स्वरुप फेरीएको छ ।
कलंकीमाई तान्त्रिक देवी अजिमा तथा बालकुमारी देवी
कलंकीमाई शास्त्रीय देवीहरु मध्यकी मयूर बाहिनी, चतुर्भुज भएकी, प्रत्येक भुजामा परशु,भाला, धनुष र रजत मुद्रा भएकी, भगवान कुमारको आत्मशक्तिरुपि तान्त्रिक कौमारी देवी हुन् । यी कौमारी अष्टमातृका मध्यकी तथा तान्त्रिक साधना पद्धतिका नवदुर्गा मध्यकी एक दुर्गा हुन्
। काठमाण्डौको प्राचिन नगर कान्तिपुरनगर भित्रका तान्त्रिक देवीहरुलाई नेपालमण्डल वासीले अजिमा भनि सम्बोधन गर्दै आएको शास्त्रीय तान्त्रिक देवी कौमारीलाई यहाँको लोकमान्यतामा बालकुमारी भनि मान्दै आएको छ।
कलंकीमाईको प्राचीन नाम " कल्खु अजिमा"
करखुसी ( मनमती,कालीमाटीखोला ) र बल्खु खोला ( इन्द्रमती ) को बीचभागको नरकटै नरकटको घारी रहेको ( नरकटलाई स्थानीय नेपाल भाषामा- तात्कालिक राष्ट्रिय भाषामा- न्हेपं कछि भनिन्छ भने नरकट घारीलाई न्हेपंखा) न्हेपंखा भन्ने ग्राममा बिराजमान रहनु भएकी यस देवीलाई श्रध्दाका साथ पूजा अर्चना गरिएमा कलह समाप्त भै घर परीवारमा शान्ति हुने र दुई खोला ( नेवार भाषामा खु याने खुसी ) बीच मध्ये भगमा बिराजमान रहनु भएका कारण यस अजिमाको मौलिक नाम कलह र खु ( कलह =खु = कल्खु ) भै कल्खु अजिमा हुन गएको हो । र यी शक्ति स्वरुपिणी माता कलह नासिनी एवं कलङ्क हरणी साक्षात देवी भएकाले कल्खु अजिमा भनिएको देखिन्छ । कल्खु अजिमाबाट पछि अपभ्रंस हुन्दै कलंखु र कालान्तरमा कलङ्की माईरहन गएको अनुमान गर्न सकिन्छ । आज सम्म पनि काठमाण्डौका जेष्ठ नेवाःहरुले कलंकीमाईलाई कल्खु अजिमा भन्ने गरेका छन् । कलंकी क्षेत्रको प्राचिन नाम न्हेपंखा रहेको थियो भन्ने र कल्खु अजिमा बालकुमारी हुन् भन्ने लिखित प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको घण्टा झुन्डिएको शिलामा लेखिएको वि.सं. १९६४ को शिलालेख हो ।
कलंकी नामकरण
न्हेपंखा ग्राम क्षेत्रको स्वामिनी कल्खु अजिमाको नाम समयान्तर पछि कल्खुबाट अपभ्रंश हुँदै कलंखु, कलंकीथान र अन्त्यमा कलंकी माता ( कलंकी माई) नामबाट सर्वत्र प्रचार हुँदै गएपछि कलह र कलंक नासिनि भगवती कलंकी माता बिराजमान रहेको क्षेत्रकै नाम कलंकी रहन गएको हो ।
मन्दिरको ऐतिहासिकता र किवंदन्ती
श्रीकलंकी माई (कल्खु अजिमा) को मन्दिरको ऐतिहासिक र धार्मिक–सांस्कृतिक वैशिष्ट्यलाई नियाल्दा स्थानीय जनजीवनको महत्त्वपूर्ण पक्षको रूपमा देखापर्दछ । श्री कलंकी माईको मन्दिरसँग जोडिएका मूर्त र अमूर्त विषयवस्तुहरु पनि हिन्दू–बौद्ध धर्मावलम्बीहरूका श्रद्धा, भक्ति र विश्वाससँग सम्बन्धित आस्थाका विषयवस्तुहरू हुन् । आस्था आत्मअस्तित्वको पहिचान हो । आत्मअस्तित्वबाट नै आत्मस्वाभिमानको अनुभूति हुन्छ । विभिन्न कारणहरूले गर्दा काठमाडौँ उपत्यकाको धार्मिक–सांस्कृतिक, मूर्त–अमूर्त सम्पदामाथि अतिक्रमण हुँदै आएको कुरा सर्वविदित विषय हो । यसमध्येको प्रमुख कारण बसाईँसराईँ र बसाईँसराईँ गरि आएको जमातले तत्स्थानको सांस्कृतिक परम्परालाई स्वीकार्न नसक्ने प्रवृत्ति हो । यसै प्रवृत्तिलाई नजिकबाट नियालेको ऐतिहासिक साक्ष्य हो – श्रीकलंकी माईको मन्दिर । यहाँको परम्परामा अडेको शाश्वत तथ्यलाई आलोकित गर्नका लागि श्रीकलंकी माईको अगाध गाम्भीर्यमाथि दृष्टिगोचर गर्न वाञ्छनीय देखिन्छ र यही विन्दुमा अडेर स्थानीयको अस्तित्वलाई पनि परिव्यक्त गर्न जरुरी देखिन्छ ।
प्राचीन शहर कान्तिपुर महानगरको पश्चिमी सिमाना विष्णुमती नदी पारी उचाइमा विराजमान रहेर प्राचीन नेपालमण्डलको तान्त्रिक सुरक्षा घेरामा बसेकी देवी माता बालकौमारी ( बालकुमारी÷ कल्खु अजिमा÷ श्री कलंकी माई)को मन्दिर लिच्छविकाल अघिकै हुन सक्ने अनुमान गरिए तापनि कुनै लिखित तथा आधिकारिक अभिलेखीय प्रमाण आज पर्यन्त उपलब्ध हुन सकेको छैन । यस विषयसँग जानकारहरूले लोकोक्तिका आधारमा पौराणिककालमा श्री सतीदेवीको अंगपतन भएर उत्पत्ति भएका करोडौँ शक्तिपीठहरु मध्ये यो पीठ पनि एक रहेको कुरा चर्चामा ल्याएका छन् । तर वास्तवमा कुन अंग पतन भएर उत्पत्ति भएको शक्तिपीठ हो भन्नेमा सबै अनभिज्ञ रहेका छन् ।
प्रकारान्तरले मन्दिरमा मूलदेवीका रूपमा विराजमान रहेकी बालकुमारी मध्यपुर ठिमी क्वालखु टोलको नर्कटघारी (न्हाय्पंकच्छी)मा विराजमा रहेकी क्वालखु बालकुमारीको कामना अनुसार कुनै सिद्ध तान्त्रिकले लामो समय अगाडि कान्तिपुर महानगरको पश्चिम विष्णुमती पारि रहेको नर्कटघारी(न्हाय्पंकच्छी) रहेको न्हेपंखा क्षेत्रमा ल्याएर विराजमान गराएको भन्ने पनि श्रुतिगोचर भएको विषय हो । यसकै समानान्तरमा न्हेपंखाको बालकुमारीलाई मध्यपुर ठिमीको क्वालखु टोलको नर्कटघारीमा लगेर विराजमान गराएको भन्ने समेत किवंदन्तीको रूपमा व्याप्त रहेको छ ।
लोकमान्यता
बालकुमारीलाई तन्त्रबलले न्हेपंखाबाट ठिमी लाने क्रममा होस् अथवा ठिमीबाट बालकुमारीलाई न्हेपंखामा ल्याउने क्रममा होस्, असनमा बास बस्ने क्रममा बालकुमारी गणमध्येकी एक देवी असन केलटोलमा छुट्न गएको र त्यसै स्थानमा सिद्ध भई असन केलटोलमा पनि बालकुमारी पीठ उत्पत्ति भएको भन्ने पनि मान्यता रही आएको छ ।
ठिमी बालकुमारीका गुठियारहरु वर्षेनी वैशाख शुक्ल अक्षयतृतीयाका दिन न्हेपंखा बालकुमारीलाई पूजा गरी बाटोमा पर्ने असन केलटोलमा बसेर समयबजी खाने क्रममा एक वर्ष त्यहाँ बालकुमारीको मूर्ति प्रतिस्थापन गरी समयब्व चढाई समयबजी खाने गरेका कारण असन केलटोलमा समेत बालकुमारी रहेको र यस लोकोक्तिका आधारमा न्हेपंखामा विराजित बालकुमारी असन केलटोलको बालकुमारीको आमा रहेको भन्ने समेत मान्यता रहँदै आएको छ ।
इतिहासकारको भनाई
कलंकीको विषयमा इतिहासकार वासु पासाको एउटा लेखमा कुनै समयमा अन्य कुनै ठाउँबाट कुनै तान्त्रिकले मातालाई ल्याई असनमा विराजमान गराएको तर मातालाई त्यहाँ बस्न इच्छा नभएकाले श्रीमालाकार नाम गरेको तान्त्रिकलाई सपनामा आफ्नो परिचय समेत दिइ आफू र आफ्ना सबै गणलाई विष्णुपारी लगेर राख्न आदेश दिए अनुसार कलंकी क्षेत्रमा ल्याई विराजमान गराएको उल्लेख छ ।
सांस्कृतिक र सामाजिक सम्बन्ध
कलंकीमाई सँग पचली भैरवको बाह्र वर्षे नाचको समेत सम्बन्ध रहेको छ भन्ने यदाकदा सुन्नमा आएको छ । पचली भैरवको भद्रकाली गणनाच गर्नु पूर्व पचली भैरव गणनाचका मालाकारहरु गोप्यरूपमा कलंकीमाताको पूजा गर्न आई बालकुमारी मातालाई तान्त्रिक विधिबाट लगेर मात्र गणनाच हुने विषय श्रुतिगोचर भएको छ ।
कलंकीमाई कुलदेवी रुपमा कुलायन पूजा
स्थानीय अधिकारी परिवारको गुठीबाट प्रत्येक वर्षको अक्षयतृतियाको पूर्व सन्ध्यामा रात्रिकालीन निमन्त्रणा पूजा, पुटीक(सम्पुट चण्डीपाठ )पाठ तथा दिपावलि गरि अक्षय तृतियाका दिन बिहान छाग बली सहित विशेष पूजा गरि आउने गरेको छ । यो वार्षिक पुजा विक्रम सम्वत १९६४ अक्षय तृतियाका दिन न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारी बाट माताको चरण कमलमा ढलौटको दई सिंह, २२ धार्निको काँसको घण्टा र धलौटकै ठूला ४८ वटा दियो काठको खतमा जडान गरि वर्षेेनी आलोपालो पुजा गर्न आयस्ता स्वरुप केही खेत समेतको ब्यवस्था गरे देखि अहिले सम्म वार्षिक गुठी पूजाको निरन्तरता कायम छ ।
त्यस्तै किर्तिपुरका भैरब परियारका (कार्किढली) का सन्तति परिवारबाट आज सम्म पनि प्रत्येक वर्षको पौषकृष्ण पञ्चमीका दिन र सुनारगाउँका सुनार परिवारबाट बैशाक शुक्ल पूर्णे /चण्डीपूर्णि/बुद्ध जयन्तीका दिन वर्षेनी मातालाई आफ्नो कुल देवीका रुपमा कुलायन पूजा गरि देवाली पर्व मानि आएका छन् ।
स्थानीय न्यौपाने खत्री परिवारबाट प्रत्येक वर्षको चैत दशैको अष्टमीका दिन छाग बली सहित वार्षिक पुजा, त्यस्तै एक नेवाः समुह बाट प्रत्येक वर्षको श्रावण शुक्लमा पर्ने कल्की जयन्तीका दिन विशेष तान्त्रिक पूजा गर्ने सांस्कृतिक परम्परा समेत रही आएको छ । काठमाण्डौ उपत्यका बाहिर रहेका विभिन्न समुदायले पनि कलंकी मातालाई आफ्नो कुलदेवीका रुपमा वर्षेनि देवाली पर्व मान्दै आएको भन्दै कलह र कलंक नासिनि भगवती कलंकी माताको मन्दिर खोज्दै खोज्दै यश मन्दिरमा आउने समुहरु पनि वृद्धि हुँदै गएका पनि छन्।
कलंकीमाईको विशेषता
काठमाण्डौ महानगरपालीका सम्पदा विभागको आयोजनामा हाल स्वरुप फेरिएको सो कलंकी मन्दिरको विशेषतामा माताको श्रद्धा भक्तिले घर परिवारमा हुने कलह र अशान्त नास होस् भन्ने कामना सहित भाकल तथा पूजा अर्चना गरीएमा भक्तजनको मनोकामना पूरा गरि कलह र अशान्त नास गरि शान्त बनाइलिने माताको विशेताहरु मध्यको यो प्रमूख विशेषताहुन् । त्यस्तैनै अर्को प्रमुख विशेता भनेको कसैलाई अनाहकमा कुनै दोष वा कलंक लागेमा पनि श्रद्धा भक्तिले माताको पुकार गरीएमा आफुले कुनै गल्ती नगर्दै लागे दोष तथा कलंक बाट मुक्त गरीदिनु हुने विशेषता हुन् ।
संस्कृति अनुसन्धान कर्ता डा . जगमान गुरुङले जानकारी दिनुभए अनुसार कलंकी माताको अर्को एक विशेषता भनेको अमेरीका लगायत पश्चिमि मुलुकमा यात्रा गर्न भिसा( प्रवेशाज्ञा)का लागि पटक पटक आबेदन गर्दा पनि असफल भयो भिसा पाएन भने कलह र कलंक नासिनी कलंकी माता( कल्खु अजिमा)को मन्दिरमा गएर मातासंग श्रद्धा भक्तीले भिसा पाउने कामना सहित पुकार गरी पूजा अर्चना गरीएमा भिसा प्राप्त हुने वहाँको अनुसन्धान बाट देखिएको र सो अनुभव समेत रहेको भन्ने भनाई रहेको छ । वहाँले भन्नू भए अनुसार भिसा पाउने कामना लिएर माताको पूजा गर्न जाँदा माताको पूजा गरि फर्कने क्रममा पहिला जुन बाटो बाट आएको हो सोही बाटो भएर नफर्किकन अन्य बाटो भएर फर्केर गएर सिधा भिसा आबेदन गर्ने कार्यालयमा गएर पुनः भिसाका लागि आबेदन गर्ने अथवा केहि समय उभिएर बस्नु पर्ने छ तब कलंकी माताको प्रभावबाट निश्चितरूपमा भिसा प्राप्त हुनेछ । माताको कृपाबाट भिसा प्राप्त भए पश्च्यात पुनः माताको पाउमा कृतज्ञताको पूजा गर्न जानभने बिर्सनु हुन्न भन्ने डा. जगमानको भनाई रहेकोछ ।
कलंकी मन्दिर उपत्यकाकै बढी देवीदेवताहरु भएको मन्दिर
उपत्यकाका अधिकांश अष्टमातृका शक्ति पिठहरुमा अष्टमातृका गण देवीदेवताहरुका मूर्त अमूर्त मूर्तिमा सामान्यतया शक्ति पिठ)को देवीदेवता गणहरुमा हुने गणपूरक देवीगणहरु –१४ गणपूरक देवीगणहरु देवीलेवताका मूर्तिहरु रहेका हुन्छन् । १४ गणपूरक देवीगण मूर्तिहरुमा १. गणेश,२. सिहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. क्षेत्रपाल, ६. कुमार, तथा आठमातृकाहरु- ७. ब्रम्हायणी( ब्राम्ही), ८. माहेश्वरी( रुद्रायणी), ९. कुमारी( कौमारी), १०. वैष्णवी( भद्रकाली)(नारायणी),११. वाराही, १२. इन्द्रायणी(एन्द्री), १३. चामुण्डा (महाकाली) र १४. महालक्ष्मी समेत रहेका हु्छन् । तर कलंकी माताको शक्ति पिठमा भने मन्दिर भित्र मात्रै पनि ५९ देवीदेवताकाअमूर्त मूर्तिहरु रहेको देख्न सक्छौ भने मन्दिर बाहिर पछाडि कमल भैरबको र मन्दिरको ढोका अगाडि पिखालखुद्यको अमूर्त मूर्ति रहेको छ । ५९ अौ अमूर्त मूर्तिहरु मध्यमा श्री गणेश, श्री कलंकी माता, श्री संकटा, श्री महाँकाल, श्री मनकामना र श्री दक्षिणकाली माताको मात्र पहिचान हुन सकिरहेको छ भने अन्य अमूर्त मूर्तिहरु मध्यमा कलंकी माताको मूर्ति पछाडि तर्फ लाईनै रहेका छ मूर्तिहरुमा बेताल र भैरब देवताहरु रहेको भन्ने श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यझ श्री लक्ष्मण अधिकारी ज्यू तथा अन्य जानकार भक्तजनहरुको भनाई रहेका छन्।
मन्दिर भित्र रहेभएका अमूर्त मूर्तिहरु सरसरति एक दुई गरी राम्रो संग गहिरिएर हेरी गणना गर्दा
१. पश्चिम मूखाकृत गरी विराजमा मन्दीरको मूल देवी श्री कलंकी माता एक,
२. कलंकी माताको बायाँ दक्षिण तर्फको भित्तामा लहरै पूर्व पश्चिम लहरै विराजमान अमूर्त मूर्तिहरु पूर्व तर्फबाट गणना गर्दा ६ अौमा श्री कल्खु गणेश, १२ अौमा श्री दक्षिणकाली र १९ तथा समेत १९ अौ मूर्ति( दक्षिण पश्चिम कुनामा विराजमान भैरवको अमूर्त मूर्ति बाहेक भैरब संगैको मनकामना) भन्ने रहो छ,
३. श्री कलंकी माताको मूर्ति संगै बायाँ लहरै विराजमान ढलोटको सानो सिंहको पछाडि रहेको तर जमिन माथि नदेखिने अवस्थामा रहेको एक मूर्ति समेत ७ अमूर्त मूर्ति,
४. श्री कलंकी माताको मूर्ति संगै दायाँ तर्फ लहरै मूर्तिहरुमा मातालाई छोडेर क्रमशः गणना गर्द १७ अौमा महाँङकाल १८ अौमा संकटा समेत २५ अमूर्त मूर्ति,
५. श्री कलंकी माताको मूर्तिको ठिक पछाडि उत्तर दक्षिण कुना सम्म लहरै विराजमा रहेका मध्य जमिनमाथि नदेखि अवस्थामा रहेका एक एक समेत बेताल लगायत अन्य भैरबका रुपमा पुज्ने गरीएका ६ अमूर्त मूर्तिहरु(दक्षिण पश्चिम कूनाका रहेको अमूर्त मूर्ति लाई कुनै भक्तजनले भैरब नभई दक्षिणकाली माता भन्ने पनि गरेका छन् ), र
६. हाल ठूलो घण्टा मूनि विराजमान रहेको क्षेत्रपालको गोलाकार अमूर्त मूर्त एक समेत जम्मा मन्दिर भित्र मात्र ५९ अमूर्त अवस्था देवीदेवताका मूर्तिहरु विराजमान रहेका छन्। यस गणनामा मन्दिर भित्रकै श्री कलंकी माताको पछाडि माथि भित्तामा देखिएको नेपालमण्डल वासीले मान्दै आएको नाटकेश्वर देवता( नासःद्यः) हुन सक्ने तर हाल कसैले नासःद्याका रुपमा पुजेको नदेखिएको तिन त्रिकोण देवताका रुपमा गणना गरीईको छै न ।
बिगत देखि हाल सम्म कलंकी मन्दिर र मन्दिर परिसर क्षेत्रको रेखदेख तथा सेवा गर्दै आएका महानुभावहरु -
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्था खडा हुनु अगावै देखि मन्दिरको रेख देख तथा सुसारेको जिम्मा मकर रोका, अमर नगरकोटी, र बाबुकाजी नगरकोटी समेतले चाडपर्वहरुमा मौसमिरुपमा तथा नियमित रुपमा स्व. सुकुचा नगरकोटी(महीला), स्व.भोटु पौडेल, स्व राम नगरकोटी समेतले माताको सेवासुसार गर्दै आएको भन्ने स्थानीयहरुको भनाईरहेको छ । मन्दिर संरक्षण समिति खडा भए पछि समितिले नियूक्ति गरीएका माताका सेवारत मूल पुजारीका सहयोगी तथा सुसारेहरुमा स्थानीय स्याम महर्जन र निजको मृत्यु पछि मचाकाजी महर्जन हुन् । मन्दिरले समितिले नियूक्त गरीएका पुजारीहरुमा क्रमशः कोमल रिमा, विष्णु प्रशाद सुवेदी र हालको पुजारी कृष्ण प्रशाद रिमाल हुन् । मन्दिर समितिले मन्दिर परिसरमा रहेका देव वृक्ष पिपल, सूर्य नारायण भगवान, कपिलेश्वर महादेव, सरस्वती, विस्वरुप तथा लक्ष्मी नारायण, सप्त ऋषि र कमल भैरब लगायत भगवानहरुको सेवा सुसार गर्न मन्दिर समितले स्थमनीय रायमाझी टोल निवासी कान्छि श्रेष्ठ र निजको मृत्यु पछि निजकी छोरी लक्ष्मी बलामी( श्रेष्ठ) ज्वाइँ भक्त बलामी तथा सुनमाया तामाङ र वहाँहरुको मृत्यु पछि मनमाया तामाङ्ग र मनामायाँले छाडे पछि कुमार खकुराल र वहाँले पनि छाडे पछि हाल स्वस्थानी पाण्डे( लामा) लाई राखेर सरसफाई गर्दैआएको छ ।
मन्दिर परिसरमा बाईक पार्किङ्ग गर्न निषेधित गरी सूचना पाटी राख्दा राख्दै पनि केही असभ्य बाईक चालकहरुले मन्दिर परिसरमा अफ्थ्यारो हुने गरी जथाभाबी पार्किङ्ग गर्ने गर्दै आएकाले पार्किङ्ग नगराउन शेयर बाहादुर क्षत्री( डिस्को)ले सेवा गर्दै मन्दिर परिसरमै आफ्नोे जीवन लिला समाप्त गरेर गईसकेका छन्।
२०४६ सालमा पहिलो पटक मन्दिर जिर्णद्वार भई हाल २०७९ सालमा दोस्रोपट जिर्णद्वार भई मन्दिरले नयाँ स्वरुप पाउँदा सम्म मन्दिरको शोभा वढाएर कृति कायम गर्न सफल दाताहरुको नाम तथा कृति -
१. पितलको चँदुवा - सुशिला धिमिरे बाट
२. कलंकी मातालाई छत्र वढाई रहेको पितलको ७ वटा नाग -
विश्व प्रकाश पण्डित बाट,
३. माता माथीको पितलको छेफ - सुरेन्द्र अर्याल र लिला
अर्यालबाट,
४. मातालाई पितलको छत्र तथा माताको दायाँबायाँ रहेको पितलको सानो दुई सिंह समेत = पूरुश्वत्तम बिडारीबाट,
५. माताको ठिक पछाडी तामाको
६. वि.सं.१९६४ मा डी. मान बहादुर अधिकारीबाट चढाएको ठूलो
घण्टा चोरी हुन गई पूर्खाको कृतिकायम गर्न गोपाल अधिकारी
समेत अधिकारी परिवारबाट नयाँ घण्टा राखेकोखेको ।
७. मन्दिरको ढोकाको दायाँबायाँ द्वारपालका रुपमा रहेको
ढुङ्गाको दुई सिंह सुददेव अर्याल बाट, अर्याल बाट,
८.मन्दिरको ढोका माथीको पितलको छेफः राम बहादर मानन्धर
र नवराज बुढाथोकीबाट,
९. पितलको चार नागपास वाशु केशीबाट,
१०. माताको पितलको छत्र अड्याएर राखेको फलामको दण्डी
तथा माताको पछाडि फूलमाला अडाउन राखेको फलामको
घुमाउरो डण्डी समेत खिया लाग्ने गरेकोेले सोको ठाउँमा
तामाको दण्डी - मचाकाजी महर्जन र पुष्प महर्जनबाट,
११. माता तथा अन्य देवगण मूर्तिुको अगाडि तामाको पाता -हरी
बहादुर थापा र किरण ज्योती थापाबाट ,
१२. अखण्ड दिप - चन्द्र बहादुरथापाबाट,
१३. माताको अगाडि तामाको पाता खुर्किलाको तलको मार्वल
- राम गोपाल के शी बाट,
१४. मन्दिरको ढोका माथीको कलंकी माईको मन्दिर लेखिएको
पितलको पत्र - भवानी देवी मानन्धर बाट,
१५. माताको दायाँबायाँ राखिएको तामाको दुई कलश -
१६. दैनिकरुपमा राख्ने गरेको माताको गहणाको रुपमा रहेको
पितलको ९ वटा किकंपा र तायः समेत - मानकुमारी
शिल्पकारबाट ,
१७. मन्दिरको ढोकाको दायाँबायाँको नयाँ घण्टा - तेज बहादर
तामाङ् तथा शान्ता तामाङ्बाट,
१८. मन्दिरको फलामको चेन खापा - न्यौपाने खत्रि परिवार बाट
१९. मन्दिर भित्ररहेको ट्रस -
तथा
२०. हरेक शनिबार र चाडपर्वमा माताको शोभा बढाउन राखिने
चाँदीका गहणहरुमा -
२०.१ चाँदीको मुकुट - दाताको नाम थाहा हुन नसकेको,
२०.२ चाँदीको ९ वटा मुण्ड भएको मुण्डमाला- दाताको नाम
थाहा हुन नसकेको,
२०.३ चाँदीको २१ वटा कंकालको मुण्ड भएको कंकाल
मुण्डमाला - दाताको नाम थाहा हुन नसकेको,
२०.४ चाँदीको सानोसानो पत्र भएको माला - दाताको नाम थाहा
हुन नसकेको र
२०.५ चाँदौको छत्र - दाताको नाम थाहा हुन नसकेको र
२०.६ चाँदीको फुलको पत्रको माला - कृष्ण शोभा श्रेष्ठबाट ।
मन्दिर परिसमा भजन घर तथा विभिन्न समयमा विभिन्न देवी देवताहरु प्रति स्थापन गर्ने र सरसजावट गर्न महानुभावहरुमा -
१. २०६६ सालमा स्वर्गीय आमा सन्तकुमारी खड्काको स्मृतिमा छोरा स्थानीय रत्न बहादुर खड्काबाट कलङ्की मन्दिर प्राङ्गनमा लम्बाई १०, चौडाइ ८ फुटको भुईतले एक एक कोठा निर्माण गरि धा्मिक कार्यको लागि, मन्दिरलाई प्रालान गर्नु भएको थियो ।
२. श्री कलङ्कीमाईको मन्दिर दक्षिण तर्फ अवस्थित कपिलेश्वर शिवलिङ्ग रुपी महादेव रहेका छन्। यो शिवलिङ्ग २०४९/३/२७ मा आफ्ना स्व. माता पिताको स्मृतिमा श्री रामशरण थापाबाट प्रतिस्थापना,
३. श्री कलङ्की मन्दिरकै श्री कपिलेश्वर महादेवको दक्षिण तर्फ पारीजातको बोटको फेदमा चक्राकार मूर्ति सहितको सूर्य नारायण भगवानको मूर्ति पुरुस्वतम विदारीबाट स्थापना गरीको भनाई रहेको देखिन्छ ।
४. मन्दिरकै दक्षिण तथा कपिलेश्वर महादेवको पश्चिम तर्फ श्री सरस्वती, श्री विरास्वरुप र श्री लक्ष्मीनारायण भगवानका प्रस्तरमूर्ति ०५३ सालमा ेश्री त्रिरत्न डंगोल र श्रीमती सपना मानन्धरबाट संपुक्त रुपमा स्थापना गरि पछि २०५८ सालमा सन्तमाया तण्डुकारबाट सरसजावट गरिएको मा विरात स्वरुपको मूर्ति कुनै एक पागलले तोडफोड गरीएकाले सो टुट्फुट मूर्ति हताई सोही स्थानमा स्थानीय श्री लक्ष्मण अधिकारी र श्रीमती सानू मयाँ अधिकारी दम्पतीबाट २०७३ बैशाख १ मा पुनः नयाँ मूर्ति निर्माण गर्न लागाई विधिवत पुनः स्थापना गरिएको हो ।
५. मन्दिरकै दक्षिण तर्फ श्री अरुन्धती सहित सप्त ऋषिहरुको मूर्ति २०५१ सालमा श्री धीरबहादुर अधिकारीबाट प्रतिस्थापित गरि पछि २०५८ सालका श्रीमती छल कुमारी अधिकारीबाट सरिजावट गरिएको ।
६. मन्दिरको ठिक पछाडि पश्चिम तर्फ प्राचीन श्री कमल भैरब नाथ भगवानको अमूर्त मूर्त रहेको छ । यश भैरबनाथलाई श्री रत्न बहादुर खड्काबाट २०५८ सालमा सरसजावट गर्नु भएको ।
कलंकी मन्दिरको फेरिएको स्वरुप
काठमाण्डौ उपत्यका प्रवेश गर्ने प्रमूख पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ निर्माण हुँदा मूल सडकमै पर्न गई सडकले क्रमशः मिच्दै गएको मन्दिर कलङ्की चोक र रविभवन क्षेत्रको मध्यभागस्थित मूल सडक सतहबाट करीब १० फिट तल खुल्ला आकाश मुनी अमूर्त अवस्थामा विराजमा रहेकी पूर्व मुखाकृत एवं दक्षिण मुखाकृत अवस्थामा लहरै खुल्ला आकाशमुनि विराजमान रहेका विभिन्न ५९ देवीदेवताहरुको मूल देवीका रुपमा पूर्व मुखाकृति गरि विराजमान रहेको कलह र कलंक नासिनि भगवती श्री श्री श्री कल्खु कालकुमारी मन्दिरको भित्रबाहिर साविकको स्वरुपमा रहेको मार्वल हटाएर रातो इट्टा( डाछि अपा) राछेको छ। त्यस्तै चारै तर्फको फलामको बार हटाएर काठको खम्बा र त्यसमा आँखिझ्यालको बारले घेरेको छ । काठको आँखिझ्यालको बार माथि पित्तलको बलेँसी( पाली) राखेको छ भने मन्दिरको साविकको ढोका भन्दा केहि लम्बाइ र चौडाइ बढाएर काठको चौकोस सहितको काठको ढोका राखिएर आकर्षक बनाएको छ । ढोका माथिको पालीमा तिन वटा गजुर राखीएको छ । मन्दिरको स्वरुप फेरीए पछि मन्दिर तथा भक्तजनहरुको समेत सुरक्षाको दृष्टिगत गरी मन्दिर भित्र नियम पूजा र विशेष पूजाहरुमा बाहेक धु्प, बत्ति बाल्न निषेध गरीएको छ ।
काठमाण्डौ महानगरपालिकाको तात्कालिक प्रमूख बिद्यासुन्दर शाक्यको कार्यकालकमा श्री कलंकी मन्दिरका नाममा विनियोजित साठीलाख बजेत रकम मध्यबाट रु ४५,६५,३२१.६३/००( भ्याट बाहेक)को।रकम बाट मन्दिरको जिर्णोद्वार गरी श्री कलंकी मन्दिरको स्वरुप फेरिएको हो । मन्दिरका नाममा बजेत विनियोजित गर्न देखि लिएर मन्दिरको जिर्णोद्वार कार्यको रेखदेखमा तात्कालिक महानगरपालीका प्रमूखका स्वकीय सचिव राजेश्वर स्थापितले प्रमुख भूमिका निभाउनु भएको थियो भने । मन्दिरको नयाँ स्वरुपको डिजाइन काठमाण्डौ महानगरपालीकामा ईन्जिनियर अमृत श्रेष्ठले गर्नु भएको थियो । मन्दिर जिर्णोद्वारको ठेक्का दिपक देवकोटाले जिम्मा लिनुभएको थिय भने काठको काम ललितपुर बङ्गमतीका सुनिल बज्रचार्य, डकर्मीको काम भक्तपुरका विष्णु ध्वजु र पाताको काम ललितपुरका सुवास ताम्राकारे काम सम्पन्न गर्नु भएको थियो ।
~ ० ~
Comments
Post a Comment