कान्तिपुर नगर भित्रका अग्टमातृका शक्ति पिठ(पिगंः) र अजिमाहरु एवं अन्य प्रमुख देवीहरु समेत
कान्तिपुर नगर भित्रका अग्टमातृका शक्ति पिठ(पिगंः) र अजिमाहरु एवं अन्य प्रमुख देवीहरु समेत
पृष्ठभूमि
प्राचीन नेपालमण्डलको पहिलो राजधानी भक्तपुर र त्यसपछिका नरदेश बिशालनगर हाडिगाउँ त्यसपछि गुणप्व लायकु हालको हनुमाढोका दरवारतयार भई कान्तिपुर नगर निर्माण हुनु अघि लिच्छिवि राजा गुणकामदेवले कलिगत सम्वत ३८२७ ने.सं. मा यहाँको बिष्णुमती, बागमती, इक्षुमती( तुकुचा), रुद्रमती(हिज्याःखुसी- धोविखोला)को किनारामा दक्षिण मञ्जुपतन यंगाल कोलिग्राम र उत्तरको यम्बु कोलिग्रामका दुई कोलिग्रामनामका प्राचीन बस्तीलाई एकै ठाउँमा समायोजन गरि। एकातर्फ स्वयम्भू र अर्कोतर्फ भिरालो भूमि पर्ने गरि महामञ्जुश्री तथा शक्तिका प्रतीक रहेको खड्ग आकार भूमिको कान्तिपुर शहर निर्माण गरेको भन्ने बंशाबली इतिहासमा रहेको भन्ने छ । बंशाबली इतिहासमा लेखिए अनुसार राजा गुणकामदेवले खड्ग आकार कान्तिपुर नगर भूमिलाई तन्त्र साधना विधिबाट नगरका विभिन्न आठ कुनामा आठ अजिमायुक्त शक्ति पिठ(पिगंः) र भैरब शक्तिका तान्त्रिक सुरक्षा घेराका रुपमा अजिमायुक्त शक्ति पिठ(पिगंः)ले घेरिएर राखेको छ । त्यहि ईतिहास अनुसार बाह्र वर्षे श्री पचली भैरब र श्री भद्रकालीको खड्ग शिद्धिजात्रामा गद्दीसीन राजाले श्री पचली भैरब र श्री भद्रकाली अजिमा संग आफ्नो खड्ग साटासाट गरि राज्यशक्तिमा नयाँ उर्जा थप्ने सांस्कृतिक परम्परा रहि आएको छ ।
कान्तिपुर लगायत सबै क्षेत्रका नेवाःहरु शक्ति उपासक भएको र यो शक्ति उपासना गर्ने परम्परा नेपालमण्डलमा प्राचीन कालदेखिनै चलिआएको देखिन्छ । त्यसैले यहाँ विभिन्न मातृशक्ति देवीहरु लगायत अन्य देवताहरुको मन्दिर तथा मूर्त अमूर्त मूर्तिहरु रहेका छन्। त्यसैकाण पनि यहाँका विभिन्न स्थनाहरुमा सप्तमातृका, अष्टमातृका, नवमातृका र दशमहाबिद्या तथा तलेजु भवानी आदि मातृशक्ति संग सैगै अन्य देवगण समेत स्थापना गरि शक्ति पिठहरु स्थापना गरेर यहाँका लोकजन तथा गाउँटोल र नगर तथा देशको रक्षा गराई राखेको देखिन्छ । राजा गुणकामदेवले यहाँ खड्ग आकारमा कान्तिपुर नगर निर्माण गर्नु अघि र पछि पनि यहाँका विभिन्न स्थानहरुमा नगर तथा लोकजनको रक्षाका लागि विभिन्न अजिमा एवं पिगंः(पिठ) लगायत अन्य देवीदेवता स्थापना गरेको देखिन्छ ।
यहाँका नेवाःहरुले विभिन्न देवीहरुलाई आ-आफ्ना गाउँ टोल र नगरको अधिस्थात्री( इष्टदेवी) का रुपमा वैदिक तान्त्रिक तथा बज्रयान बौद्ध तन्त्र बिधिबाट पूजेर मान्दै आएको र त्यसबाट नगर तथा लोकजनको रक्षा भई आएको भन्ने आस्था अनि विस्वास भई आएको समेत देखिन्छ । प्राचीन कालमा राज्यकारुपमा रहेका यहाँका नगरराज्यहरुको अधिस्थात्री देवीलाई विभिन्न कालखण्ड अनुसार विभिन्न नामबाट सम्बोधन गर्दै आएका नामहरुमा - राजदेवी( राजराजेश्वी), मानेश्वरी(मनमानेश्वरी), सम्रातेश्वरी, तारणी भवानी, द्वयमाजु,दिगु तलेजु तथा तुलजा वा तलेजु भवानी हुन् । हरिसिंहदेवले सिमरौनगढमाबाट आफू संगै ल्याएका आफ्ना इष्टदेवी तुलजा भवानीलाई उनका रानी देवदेवीले आफ्नो माईती भक्तपुरको दरवारमा स्थापना गरि वर्षेनि म्वःहनी नखःमा ५४,५४ वटा राङा र बोका बलिदिएर वा दिनलगाएर राजशत्तामा समेत आफ्नो हैकम स्थापना समेत गरेर आफुले ल्याएको तुलजा भवानीलाई नै देशको इष्टदेवीकारुमा प्रतिस्थापना गडरे देखि नै आज सम्म नेपालमण्डलको अधिस्थात्री देवीका रुपमा तुलजा भवानीलाई नै तलेजु भवानीका रुपमा मान्दै आएका छन् ।
परिभाषा -
अष्टमातृका -
शक्ति उपासक नेवाः समुदायमा अष्टमातृका भन्नाले आ-आफ्नो विभिन्न गाउँठाउँमा विभिन्न नामबाट सम्मान पूर्वक पूजाआाजा गरि मानी आएका मातृकाप्रधान पिठहरु हुन् । मातृकाप्रधान पिठहरुलाई नेवाः समुदायले अजिमा र पिगंः भनी आत्मिएताका साथ सम्बोधन गरि आएकन छन् । मातृकाप्रधान पिठहरुलाई अजिमा भनी संज्ञा दिने वा सम्बोधन गर्ने लोकचलन भने भक्तपुर र ललितपुरमा भन्दा कान्तिपुर नगरमा बढि नै देखिन आएको छ ।
नेवाः समाजले परापूर्वकाल देखि मान्दै आएका अष्टमातृका पिठ(पिगंः) अजिमाहरु क्रमशः यश प्रकार रहेका देखिन्छन् - १. ब्रम्हाणी( ब्राम्ही), २. माहेश्वरी( रुद्रायणी), ३. कुमारी(कौमारी), ४. बैष्णवी(नारायणी), ५. बाराही, ६. इन्द्रायणी(ऐन्द्री), ७. चामुण्डा(काली) र ८. महालक्ष्मी समेत आठ मातृकाहरु हुन्। यश अष्टमातृकालाई नेवाः समुदायले आ-आफ्नो गाउँ ठाउँ अनुसार विभिन्न फरक फरक नामबाट सम्बोधन गर्दै मान्दै आएका छन्। यिनै आठ मातृकामा एकमातृका त्रिपुरासुन्दरी थपे पछि नवमातृका हुन्छन् र जसलाई म्वःहनी नखःमा नवदुर्गाका रुपमा पुजा गरिने गरिन्छ ।
कान्तिपुर नगर भित्र गुणकामदेवले आफुले निर्माण गरेको खड्गाकार भूमिको सुरक्षाका लागि सथापना गरिएका अष्टमातृका लगायत त्यस कालभन्दा अघि र पछि पनि यहाँ विभिन्न अष्टमातृका पिठहरु स्थापना भए गरेकाले पनि यहाँ अष्टमतृका पिठहरु बढि नै देखिएको अवस्था छ । यहाँ जति पनि अष्टमातृका पिठहरु छन्
कतिकोत पिठ, देवगृह र जात्राको अत्तोपत्तो समेत छैनन्। त्यसैले केवल सुनेको भरमा एवं पिठ पूजा परिक्रमामा बाहेक अन्य अवस्थामा अष्टमातृका पिठहरुको यथार्थ स्थिति थाहा पाउन कठिन नै रहेको अवस्था समेत छ । कति पिठहरुत निजि घरजग्गा भित्र परकोत केही पिठ भने सरकारी सम्बेदनशिल जग्गा क्षेत्र भित्र परेकाले पनि लोकजनले चाहेको समयमया सहज पिठ दर्शन गर्न पाउन मुस्किल नै भएका छन् । कान्तिपुर नगरमा अष्टमातृका पिठ बढि नै संख्यामा भएकाले यहाँ अष्टमातृका पिठ निर्णयमा मत भिन्नता मात्र भएको नभई व्यवहारिकमा एक देवीको पिठ प्रख्यात भए पनि अष्टमातृका पिठ लिने क्रममा भने अर्कै पिठ लिने गरेको समेत देखिन्छन् । विभिन्न विद्वानहरुको अष्टमातृका पिठ निर्णयमा मत भिन्नता रहेको समेत देखिएको छ ।
नेवाः समाजमा अष्टमातृकाको घनिष्ठता -
शक्ति उपासक नेवाः समुदायमा विभिन्न मातृशक्तिहरु मध्य अष्टमातृका नेवाः संस्कार, संस्कृति र विधिब्यवहारहरुमा समेत अति घनिष्ठ रहेको देखिन्छ । त्यसैले हरेक परम्परागत नेवाःहरुको घर घरमा अष्टमातृकागण स्थापना रहेको विस्वास गरिन्छ । परम्परागत विस्वास अनुसार घरको मूलढोकाको खापाको प्वालबाट गजवार(आग्लो) खोल्ने फलामको एकप्रकारको घुमाउरो सुँडेआकार डण्डी( नेपाल भाषामा क्वँय् भनिन्छ)लाई १. श्री गणेश, २. ढोकाको गजवार दुबै खापामा घुसाउने दायाँ खापाको प्वाललाई सिंहिनी ३. त्यस्तै बायाँ खापाको प्वाललाई
ब्याघिनी, ४. गजवार(आग्लो)लाई भैरब, ५. भान्छामा मसला पिस्ने सिलौटोलाई कुमारी(कौमारी), ६. सिलौटाको बच्चा(लोहोरो)लाई बैष्णवी, ७. चिउरा कुट्ने अोखललाई बाराही, ८. पानी राख्ने घडा(गाग्रो)लाई चामुण्डा, ९. भात पकाउने कसौँडीलाई महाकाली, १०. दाल तरकारी पकाउने कसौँडीलाई कुमार, ११. कुचोलाई ब्रम्हायणी, १२. नाङ्लोलाई माहेश्वरी र १३. चामल राख्ने कोठो(भकारी)लाई महालक्ष्मी( अन्नपूर्ण)देवीका रुपमा लगायत रहेको भन्ने आस्था अनि विस्वास गरि आएको भन्ने यहाँका नेवाः जेष्ठहरुको भनाई रहेका छन् । शक्ति उपासक सनातनी तथा बुद्धिष्ट नेवाःहरुको जीवन शैलीमा, पर्व सांस्कृतिक भोजमा अष्टमातृका तथा अष्ट भैरबको प्रतिनिधि स्वरुप लिइने खाद्यबस्तुहरु बिना पूर्ण भएको समेत मानिनन् । यसरी नेवाः समुदायमा अष्टमातृका जन्म देखि मरण सम्म पनि उतिनै अति घनिष्टता रहेको देखिन्छन् ।
अजिमा -
नेवाः समुदायमा अजिमा भन्नाले " अजि " र " माँ " शब्द समायोजन भएर अजिमा भएको देखिन्छ । अजि शब्दको अर्थ बुरी बज्यै हुन् भने माँ को अर्थ आमा हुन् । त्यस्तै नै सुत्केरी महिलालाई प्रत्सव गराउन(शिशु जन्माउन) सहयोग गर्नेलाई दीरी अजि वा कहिं कतै अजि मात्र पनि भन्ने लोकभाषा चलन रहेको छ । अजिमाले आफ्नो बालबच्चाको रक्षा गर्छ । यसरी हेर्ने हो भने अजिमा भन्नाले नेवाः समुदायले आफ्नो, आफ्नो परिवार तथा गाउँ ठाउँ र देशको रक्षा गर्ने मातृका हो भनेर बुरी बज्यैका रुपमा अजिमा भनी संज्ञा दिएर मान्दै आएको प्रस्त देखिन्छ । कान्तिपुर शहरको विभिन्न दिशाहरुमा छरिएर रहेका मातृकाहरुको नाम आदि दृष्टिले फरक फरक रहेतापनि यहाँका रैथानेहरुले ती सबै अधिकांश मातृका देवीलाई " अजिमा " को संज्ञाबाट पुकार्दै मान्दै आएका छन् ।
नेपालमण्डलबासी नेवाःले देव शक्तिस्वरुपा देवाीलाई मात्र हैन रक्त पिइ रमाउने यक्षनीहरुको हृदय परिवर्तन उपरनन्त त्यस्ता देवीहरुलाई समेत पनि बाल रक्षिका देवीका रुपमा अजिमाको संज्ञाबाट पुज्दै आएका छन् । नेवाःहरु कति सम्मको मानवीय सहिष्णुता छ भन्ने यो ठूलो प्रमाण हो । रक्त पीइ रमाउने मानव भक्षक यक्षनीहरु कसरी बाल रक्षिकादेवी अजिमाका रुपमा पूजियोत भन्ने आख्यानहरु मध्य भगवान बुद्ध र हारती यक्षनी तथा नवौं बुद्धका अवतारकारुपमा मानिने सिहशार्थकबाहु(चकंद्यः) र जातिका यक्षनी अजिमा पनि हुन् । नेपालभाषामा यक्ष यक्षनी भनेको लाखे लसिं हुन् । लाखे लसिं भनेका रक्तपिपासु र भयावहि स्वभाव र स्वरुपका हुन्छन् । जसरी भगवान बुद्धले मानव बच्चा खाने यक्ष कुलकी स्त्रीलाई उद्वार गरि हृदय नै परिवर्तन गराएर सबैले पुज्ने अनि मानव बालबच्चाको रक्षक श्री हारती अजिमाका रुपमा रुपान्तरण गरे । त्यसरी नै सिहशार्थकबाहुले पनि आफ्ना बाहिय पत्नी अथवा प्रेमीकाको रुपमामा रहेकी तिब्तको ल्हासा क्षेत्रका मानव भक्षक लसिंलाई हृदय परिवर्तन गराई बालक तथा लोकजनकै रक्षिका देवी जातिका अजिमाका नामले प्रतिस्थापित गरिएको आख्यानले देखाएको छ ।
नेवाः -
प्राचीन नेपालको नेपालम्णडलमा यहाँका नेवाःधर्म(वैष्णवतन्त्र, शैव र शाक्ततन्त्र तथा बज्रयान महायान तन्त्र समेतलाई आत्मसात गरि मान्ने) मान्ने) संस्कृतिलाई आत्मासाथ गर्ने जो कोहि तात्कालिक अवस्थाका विभिन्न वर्ग समुदायका बाहुन, क्षेत्री, मुस्लिम, क्रिश्चियन लगायतलाई नेवाः नै भन्ने गर्दथ्यो भन्ने यहाँका इतिहािले देखाएको छ । यसरी तात्कालिक नेपालमण्डलको राष्ट्रियता नै नेवाः रहेको थियो भन्ने प्रस्त देखिन्छन् । अतः नेवाः भनेको एउटा जातिय समुदाय मात्र नभएर तात्कालिक नेपालमण्डलको राष्ट्रियता नै थियो ।
पिगंः -
नेवाः समुदायमा पिगंः भन्नाले देवीदेवताको गणपूरक देवीदेवता रहेको पिठ हुन् । गणपूरक देवीदेवता भन्नाले कम्तीमा तेह्र वा चौध देवीदेवताका गणहरु रहेका हुन्छन् । गणपूरक देवीदेवताहरुमा -१. श्री गणेश, २. सिंहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. कुमार, ६. क्षेत्रपाल, र आठ मातृका जस्तै ७. ब्रम्हायणी, ८. माहेश्वरी, ९. कुमारी, १०.बैष्णवी, ११. बाराही, १२. इन्द्रायणी, १३. चामुण्डा र १४. महालक्ष्मी समेत हुन् । पिगंःमा सामान्यत १३ वा १४ देवीदेवता गणहरु हुने भएतापनि कान्तिपुर नगर भित्रको इनबहालमा रहेको मूल देवी थाहा हुन नसकेको पिगंःमा लगभग ३३ वटा अमूर्तमूर्तिका देवीदेवगणहरु रहेको देखिन्छ भने प्राचीन कान्तिपुर नगर बाहिर बिष्णुमति खोलाको पश्चिम भेग न्हेपंखा/ कलङ्कीमा विराजमान कल्खु बालकुमारी
अजिमा( कलङ्की माता) को पिगंःमा भने ५५ वटा अमूर्तमूर्तिहरुको देवीदेवताको गणहरु रहेका देखिन्छ । एउटा पिगंःमा एउटा मूल अजिमा(मातृका) याने मूलदेवी हुन्छन् । यिनै मूल देवीका नामबाट पिंगः(पिठ) को नाम रहेका हुन्छन् । कान्तिपुरनगरका केही पिगंःहरुका मूल देवीको नाम यहाँका नेवाःहरुले बिर्सिसकेकोले कुनै कुनै पिगंः(पिठ)को नाम त्यहाँ पिगंःका मूलदेवीका नामबाट सम्बोधन नगरि खाली पिगंः अजिमा वा पिगंः मात्र पनि भनिने गरेको समेत देखिएका छन् । पिगंः परम्परागत पुरानो नेवाः बस्तीका प्रायगरेर बाहिरै टाढा, मसानघाट, दोबाटो, चौबाटो, नदीनाला, जलासय्, खरिको रुखको फेद आदि ठाउँमा रहने गरेको देखिन्छ । अहिले जनसंख्याको वृद्धि तथा बस्ती विस्तारले गर्दा पिगंः क्षेत्रहरु धमाधम अतिक्रमणमा पर्दै गएकाले अहिले पिगंःहरु पनि बस्ती भित्रै परेको देखिन थालेका छन् ।
शक्ति पिठ -
पौराणिक कथा तथा शास्त्रिय मान्यता अनुसार देवादिदेव महादेवका शक्तिस्वरुपा पत्नी श्री सतीदेवीले आफ्ना पिता दक्षप्रजातिले आफ्ना पति शिवको अनादर तथा हेला गरेको सहननसकि प्रज्वलित यज्ञमा हामफालेर आत्मडाह गरेर प्राण त्यागेको प्राणविहिन शरिरलाई महादेवले आफ्नो काँधमा बोकेर यता उता भौतारिन्दै पृथ्वी भ्रमण गर्दै हिड्दा । सतीदेवीको अङ्ग कुहिएर विभिन्न स्थानहरमा पतन हुँदै गएका पवित्रभूमिहरुमा विभिन्न शक्तिदायणीहरु उत्पति हुँदै गएका अनगिन्ती पिठहरु नै शक्ति पिठहुन् भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । नेपालमण्डलको स्वस्थानको पौराणक कथा नेपालमाहात्म्य श्री स्वस्थानी कथामा उल्लेखित भए अनुसार श्री सतीदेवीको अङ्ग पतन भई उत्पन्न मूख्य ५१ शक्ति पिठहरु मध्यमा नेपालमण्डलको पशुपति...... क्षेत्रको गुह्यश्वरी शक्ति पिठ एक मात्र यहाँ रहेको भन्ने लेखिएको देखाए तापनि वास्तवमा नेपालका विभिन्न भूभागमा पनि सतीदेवीको अङ्ग पतन भई शक्ति पिठ उत्पति भएको थियो भन्ने विस्वास र मान्यताका साथ नेपालमा धेरै शक्ति पिठहरु रहेको विस्वासका साथ विभिन्न पिठहरुलाई शक्ति पिठका रुपमा मानी आएका छन् । त्यस्तै शक्ति उपासक नेवाः समुदायले भने अष्टमातृकागण रहेका सबै पिगंःलाई समेत शक्ति पिठका रुपमा मानि पुज्दै आएका छन् ।
खड्गाकार कान्तिपुरको सिमाना -
भाद्रशुक्ल द्वादशि/ ञंलाथ्व द्वादशिका दिन इन्द्रजात्राको(ञंया जात्रा) को लिङ्गो(इन्द्रधोज) हनुमानढोकामा ठड्याए पछि सुरु हुने इन्द्रजाको पहिलो दिन कान्तिपुर नगरबासीले आफ्ना दिवंगत पितृहरुको मोक्ष प्राप्तिको कामना सहित वर्षदिन भित्र मृत्यु हुनुभएका आफ्ना आफन्तका नाममा कान्तिपुर नगर(काठमाण्डौ)को भित्रि भाग माथिलो(थने) र तल्लो(क्वने) भेग परिक्रमा गर्दै दोबाटो,चौबाटो तथा साना ठूला मन्दिरमा काँचो माटाका दियो(पाला)मा घ्यूको दियोबालेर राख्दै प्राचीन नगर सिमाना परिक्रमा गर्दै सनातनी आस्था प्रकत गर्ने परम्परागत सांस्कृतिक यात्रा गर्ने परम्परा आज सम्म पनि यथावट कायम छन् । यसरी द्वादशिका दिन मृतकहरुका नाममा बत्ती बाल्दै राख्दै जाने यात्रालाई नेवाःभाषामा उपाकु जाने भन्ने गरिन्छ । इतिहासका जानकारहरुका भनाई अनुसार उपाकु जाने परम्परागत नगर परिक्रमा यात्रामा परेका बाटो क्षेत्र नै खड्गआकार भूमिको सिमाना हो ।
. राजा गुणकामदेवले तात्कालिक कान्तिपुर नगर खड्ग आकारमा बनाएको नगर सिमाना हुँदै परिक्रमा गर्दा खड्ग आकारमै परिक्रमा भएको महसुस हुन्थियो भने तापनि अहिले केही केही ठाउँमा बस्ती बिस्तार संगै उपाकु जाने बाटो पनि थप हँदै गएकाले पनि अहिलेको उपाकु यात्राको बाटो खड्ग आकारमा परेको नदेखिनु र महसुस् नहुनुको कारण हो । त्यसोत उपाकु बौद्धमार्गिहरुको मूल परम्परा अन्तरगतको सांस्कृतिक यात्रामानिने यो उपाकु नगरको बाहिरि सिमानाको रेखदेखका रुपमा परिक्रमा गरिने भूमिरेखाले चैत्यआकार हुने गरेको भन्ने मत समेत रहेको यहाँ पाइन्छ । घरबाट निस्केर घरको मूल द्वार अगाडि विराजमान रहेको पिखालखु द्यःमा बलेको काँचो पालाको बलेको दियो बत्ती राखेर उपाकु यात्रा सुरु गर्ने गरिन्छ । ३६५ वटा दियो बत्ती बालेर ठाउँ ठाउँमा राख्दै उपाकु जाने भन्दै नगरको सिमाना परिक्रमा गर्दै बाटोमा परेका ठूला साना चैत्य तथा मन्दिरहरुमा मृतक आफन्तका नाममा बत्ती राख्दै उपाकु जाने गरिन्छन् ।
उपाकु जाने बाटाका मूल क्षेत्रहरु यश प्रकार रहेका देखिन्छन् -
भिंद्यःत्वाः(भिमसेनथान), लाटि बुंगा गल्ली लुँहिति(सुन्धारा) परोपकार, क्वपराक्यब(कामना प्लाजा) गल्लीक्वरपराक्यब मार्ग ,ख्यःक्यब, मरुध्वाका( मरुढोका), चसाँदो(चसान), दमाईटोल,सुन्तागां(सुन्तागल्ली), पाच्छैगल्ली,ङ्यतपाचो, तुंच्छी गल्ली, कुलांभुलु अजिमा(रक्तकाली) कुलांभुलु, कुलांभुलु गल्ली, इखापुखु मार्ग,इखापुखु (गंगालागार्ग), चाकलादबु(क्षेत्रपाटी), स्वाँछपु गणेश( स्वाँछपु मार्ग), नित्यनाथ मार्ग,थँहिती,ज्याथा(ज्याथा मार्ग),छुस्याबहाः, मुस्याबहाः, ,ईनबहाः(ईनबहाः मार्ग),कुनायत्वा/ क्वनात्वाः(कुनायत्वा मार्ग), कमलाछी, भोताहिति(साझा गल्ली), चल्चा तहा गल्ली (तुः क्यब)मार्ग, महाबु(महाबौद्ध), तासिथू गणेश, भोसिक्व, दुगंबहि,तेबहाःबाहिर,लुँहिति -धरग्वारा(सुन्धारा-धरहरा), बाघदरवार, ताःहाःगल्ली,भुलाँ गणबहाल....... , भोटेबहाल, लगन, नायपाच्वं(नायय्पुचः)-चल्खु, पुखुसि,.........., ब्रम्हुत्वाः (ब्रम्हुटोल), वन्दे, ह्यूमत, न्हुघः( जैसिदेगल), क्वहिति, भिंद्यःत्वाः ( भिमसेनथान) अर्थात जहाँबाट सुरुे गरेको हो त्यहिं अन्त्य आदि क्षेत्र उपाकु जाने बाटोहरु हुन् ।
कान्तिपुर नगरका प्रमूख अष्टमातृकाहरु
नेपालमण्डलको प्राचीन कान्तिपुरनगरको खड्ग आकार भूमिको सिमाना , सिमाना भित्र एवं सिमानाको बाहिरि विभिन्न दिशाविदिसमा छरिएर रहेका अष्टमातृका पीठ(पिगंः)हरु मध्यमा कुन कुन मुख्य अष्टमातृकाहरुका रुपमा लिने भन्ने निर्णय सम्बन्धमा यहाँका विभिन्न विद्वानहरुको आ-आफनै मत मतान्तरण रहेको स्पष्ट नै देखिन्छन् ।
बंशाबलीमा लेखिए अनुसार गुणकामदेवले खड्गकार भूमिको सुरक्षा लागि स्थापना गरेका तान्त्रिक सुरक्षा घेराका अष्टमातृकाहरु -
राजा गुणकामदेवले कान्तिपुर नगरको सुरक्षाका लागि स्थापना गरिएका भनिएका नगर सुरक्षा घेराका अष्टमातृकालाई नगरको मूख्य अष्टमातृका मान्ने नै हो भने यहाँ प्रमूख
अष्टमातृकाहरुमा -१.कंग अजिमा(चामुण्डा- कंकेश्वरी)बिष्णुमती नदिकिनारामा, देवगृह- यटखा, जात्रा- पाहाँचःह्रे २. ङ्यतमरु/ङ्यतभुलु अजिमा( स्वयतकाली)-नरदेवी, देबगृह- नरदेव तथा ङ्यतपाचो, जात्रा- पाहाँचःह्रे, ३. लुति/ लुतिमरु अजिमा(इन्द्रायणी), बिष्णुमति किनारामा, देवगृह- त्यौड असन, जात्रा- बालाचतुर्दशि ४. टकटी अजिमा( निलबाराही)टंकेश्वर कालीमाटी , देवगृह- कोहिटी, जात्रा- पाहाँचःह्रे, ५. मैती अजिमा( पञ्चकुमारी) इक्षुमती नदि वारी, देवगृह- मालगाः मालीगाउँ, जात्रा - कार्तिक कृष्ण त्रियोदशी(.....) कुकुरतिहार, ६. लुमधी अजिमा(भद्रकाली), टुंडिखेल शहिदगेट, देवगृह- टेकहाल,जात्रा- पाहाँचःह्रे, ७. बत्सला अजिमा(....)बागमती किनार देवपटन पशुपति, देवगृह- जयबागेशेवरी, जात्रा- पाहाँचःह्रे र म्हयपी अजिमा( ज्ञानेश्वरी-........), सामाखुसी वारी,देवगृह-
ज्याःथा, जात्रा-......... समेत हुन् ।
माथि उल्लेखित अष्टमातृकाहरुलाई प्रमुख अष्टमातृका पिठहरुलाई आधार मानेर खड्गआकारमा परेको नपरेको गहिराइमा हेर्ने नै हो भने खड्ग आकारमा नभई हसिया आकारमा रहेको देखिन्छन् । यीअष्टमातृका अजिमा पिठहरुको देवगृह(द्यःछें)लाई आधार मानेर खड्ग आकारमा परे नपरेको हेर्दा मैती अजिमा र बत्सला अजिमाको देवगृह बाहेक अन्य छवटै अजिमाका देवगृहहरु उपाकुजाने यात्राका बाटोमै परेका देखिन्छन् । मैति अजिमा गुठीका गुठियार
मुनिकारहरुको परम्परागत मूल घर उपाकु जाने बाटोमा परेका त्यौड तथा भोटाहिटीमा क्षेत्रमा रहेको समेत देखिन्छ । यसरी हेर्दा मैति अजिमाको देवगृह प्राचीन कालमा यतै कुनांटोल वा भोटाहिटी क्षेत्रमा हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । बत्सला अजिमा गुठीका गुठीयारहरुकाो परम्परागत घर बस्तीका बारेमा भने बुझ्नु बाँकी नै छ ।
स्वयम्भू चैत्य जिर्णोद्वार गर्दा अष्टमातृका आह्वान गरी पुजा गर्ने गरेका बिगतका अवस्था अनुसारका प्रमुख अष्टमातृकाहरु( हेमराज शक्य - श्रीस्वयम्भू महाचैत्य, स्वयम्भू विकाश मण्डल, स्वयम्भू ने.सं. १०९८) १. लुती अजिमा, २. पासिक्व अजिमा, ३. कमलादी अजिमा, ४. लुमधी अजिमा, ५. फिब्व अजिमा, ६. पचली अजिमा, ७. कंग अजिमा र ८.चन्द्रलखु अजिमा समेत गरी अष्टमातृका दिएको देखिएका छन् ।
संस्कृतिविद बलदेव जुजुको मतमा(खड्ग सुरक्षा प्रतीक, नेपाया तानत्रिक द्यः व तान्त्रिक पूजा ने.सं.११०५ पृष्ठ ४४-४५) कान्तिपुर नगरका प्रमुख अष्टमातृकामा - १.पासिक्व अजिमा, २. लुमधी अजिमा, ३. फिब्व अजिमा, ४. नै अजिमा पचली, ५. कंग अजिमा, ६. लुती अजिमा, ७. थंबही अजिमा, ८.चन्द्रलखु अजिमा समेत अष्टमातृका अजिमाहरु लिएको देखिन्छन् ।
रत्नकाजी बज्राचार्यले " येँ देया बौद्ध पूजा क्रियाया हलंज्वलं " जेपाल बौद्ध प्रकाशन येँ, ने.सं. ११०० पृष्ठ १३० मा लेखिए अनुसार यहाँका प्रमुख अष्टमातृका अजिमाहरुमा - १. चन्द्रलखु अजिमा, २. पासिक्व अजिमा, ३. कमलादी अजिमा, ४. लुमधी अजिमा, ५. फिब्व अजिमा, ६. पचली अजिमा, ७. कंग अजिमा र ८. लुति अजिमा लिएको देखिन्छन् ।
त्यस्तै नै महेश्वर जुजुज्यूले १. पासिक्व अजिमा,२. लुमधी अजिमा, ३. फिब्व अजिमा, ४. नै अजिमा, ५. कंग अजिमा, ६. लुतिमरु अजिमा, ७. पोर्पा अजिमा र ८. चन्द्रलखु अजिमा लिएको देछिन्छन् ।
त्यस्तै नै महेश्वर जुजुज्यूले १. पासिक्व अजिमा,२. लुमधी अजिमा, ३. फिब्व अजिमा, ४. नै अजिमा, ५. कंग अजिमा, ६. लुतिमरु अजिमा, ७. पोर्पा अजिमा र ८. चन्द्रलखु अजिमा लिएको देछिन्छन् ।
अ- कान्तिपुर नगर हालको काठमाण्डौ महानगर भित्रका अजिमाहरु -
(क) अष्टमातृका पिगंः अजिमा - ३४
(ख) अष्टमातृका पिगंःमा नपरेका अजिमा - १७
आ - कान्तिपुर नगर सिमाना(उपाकु जाने बाटो भित्रका) क्षेत्रमा रहेका अष्टमातृका पीठ अजिमाहरु तथा अष्टमातृकामा नपरेका अजिमाहरु- अष्टमातृका अजिमाहरु -
(क). अष्टमातृका पीठ अजिमाहरु -
१. कुलांभुलु अजिमा कुलांभुलु( रक्तकाली), २. भमलु अजिमा कुनांटोल कमलाक्षि, ३. इनबहालको पिगंःअजिमा, ४. लुचुभुलु अजिमा केलटोल, जनबहाल( भद्रकाली) देवगृह- महाबौद्ध(महाबु), जात्रा- पाहाँचःह्रे, ५. वचुभद्रकाली अजिमा वटु , जात्रा- पाहाँचःह्रे, र ६. हाकु अजिमा यटखा चोखाछेगल्ली ( बिमलमानको निजि घरजग्गाभित्र) आदि तथा ७. ङ्यतमरु अजिमा पिठ समेत ।
(ख). अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
१. असंभुलु अजिमा( अन्नपूर्ण देवी)असंन, २. ज्वाला अजिमा(ज्वालामाई) त्यौड, देवगृह- मञ्जुपत मञ्जुश्री जात्रा- बालाचतुर्दशी, ३. न्हेकंतला अजिमा(उग्रतारा), ४. अरिंचा अजिमा(अरिंचा अजिमा चिकंमू दबु ( चिकंमू दबुको...... पूर्वदक्षिण कोणमा पहिला पहिला एउटा सानो कुण्ड जस्तै सधै पानी देखिने गर्थियो र रुन्चे लागेका बालबालीकाहरुलाई त्यहाँको पानीले मुख धोईदिनाले रुन्चे रोगबाट मुक्त हुने भएकाले त्यस सानो कुण्डमा कुनै बाल रक्षकअजिमा रहेको भन्ने आस्था र विस्वासले अरिंचा अजिमा भन्दै आएको हो तर त्यहाँ अजिमाको मूर्तिको कुनै अस्तित्व भने देख्न सकिन्न), ५. बाबरी अजिमा(वन्दे गणेश चुकमा रहेको पचिमह्र जात्रामा वन्देबाट टेकुजाने वरालोको बायाँ तर्फ राख्न् घ्यम्पो बाबरी अजिमा- बसैकसैले यसलाई खुसिं खजिमा पनि भनेको देखिन्छन् ),
र ६. हारती अजिमा श्रीघः(सिघः) आदि ।
इ - कान्तिपुर नगर सिमाना(उपाकु जाने बाटो)को उत्तर येँबु तर्फ रहेका अष्टमातृका पिठ अजिमा र अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
(क). अष्टमातृका पिठ अजिमाहरु -
१.चुलीं(साम्हाः) अजिमा थँबही(ठमेलमार्ग)गलक्वपाखा चोक नजिकको समसारा बुटिक घरजग्गामा परेको, २. फुसिंख्यः अजिमा(मनमैजु)भगवानबहाल थँबहि(ठमेल) र ३. पोर्पा अजिमा सामले( राननीबारी) समेत आदि तथा ४. म्हयपि अजिमा म्हयपि र ५. लुति अजिमा समेत ।
(ख). अष्टमातृका पीठमा नपरेका अजिमाहरु - १.जातिका अजिमा थँबही भगवानबहालकै ढोकाको बायाँ ।
ई - कान्तिपुर नगर सिमाना( उपाकु बाटो)को दक्षिण बागमती नदी किनारा तर्फ रहेका अष्टमातृमा पीठ अजिमा र अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
(क). अष्टमातृका पीठमा परेका अजिमाहरु -
१. नकिं / नै / पचली अजिमा - पचली भैरब पीठ समेत टेकु पचली, २. ख्वना अजिमा शिद्धिकाली टेकुबाट राजतिर्थ जाने बाटोको दायाँ सडक किनारामा, र ३. कुलेश्वर अजिमा चिन्तामणी तिर्थको दक्षिण पश्चिम कुलेश्वर महादेव रेहको स्थलमा आदि समेत ।
(ख). अष्टमतृका पीठमा नपरेका अजिमा ×
उ - कान्तिपुर नगर सिमानाको पूर्व/ बिष्णुमती नदी पारीरहेका अष्टमातृका पीठ र अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
(क). अष्टमातृका पीठमा परेका अजिमा-
१. कल्खु अजिमा( बालकुमरी)( कलङ्की माता) न्हेपंखा( कलङ्की), २. टकटी अजिमा(निलबाराही) टंकेश्वर र ३. कंग अजिमा कंकेश्वरी
(ख). अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
१. हारती अजिमा स्वयम्भू, २. बिज्यासः अजिमा(बिजेश्वरी) बिजेश्वरी, ३. चुलीं(चुनीं) अजिमा(चुनदेवी) बिजेश्वरी मन्दिरको पछाडी उत्तर तर्फ अलितल वरालोमा, ४. श्रीमहामाया अजिमा कर्णदिप स्वभाभगवती, ५. चुलीं माजु अजिमा महेन्द्ररत्न कयाम्पस ताहाचलको पूर्वदक्षिण पर्खाल संगै ६. अाजुअजिमा((गन्धुरीदेवी)) खुसी बही टंकेश्वर ताहाचल, टंकेश्वरकै स्वकिं अजिमा( छाती दुखेको तथा स्वासप्रस्वास रोग निको पार्ने अजिमा) र प्याथ्व अजिमा( सितलामाई) ल्हुति(बाईसधारा) बालाजु समेत आदि ।
ऊ - कान्तिपुर नगर सिमानाको उत्तर पश्चिम, पश्चिम र दक्षिण पश्चिम तर्फ रहेका अष्टमातृका पीठ अजिमा र अष्टमातृका पीठमा नपरेका अजिमाहरु -
(क). अष्टमातृका पीठ अजिमाहरु -
१. चन्द्रलखु अजिमा नारायणहिटी दरवारभित्र इक्षुमती नदी किनारा वारी, २. तुसिमरु अजिमा नक्शाल बालुवाटार इक्षुमती नदी किनारा पारी, ३. त्वरद्यः अजिमा(तुडालदेवी) बालुवाटार बिशालनगर रुद्रमतीनदी किनार वारि, ४. पिगंःअजिमा गंगाहिटी चाबही चारुमती, ५. पिगंः अजिमा मालीगाउँ( मागः), ६. पिङ्गला अजिमा( बज्रेश्वरी) तिलगङ्गा देवपतन बागमती नदी वारि, ७. जमः अजिमा(भद्रकाली) जमल राष्ट्रिय नाचघरको ढोका छेउ, ८.पासिक्व अजिमा( .....) तिनधारा पाठशालाबाट कमलपोखरी तर्फ जाने सडकको दायाँ किनारमा, ९. कमलादी अजिमा(कुमारी) कमलादी गणेश मन्दिर भित्र., १०. फिब्व
अजिमा( कुमारी)शैनिक मुख्यालयबाट माइतीघर(फिब्वख्यः) जानेबाटोमा इक्षुमती नदी किनारा पारी, ११. द्वला अजिमा( कुमारी) थापाथली राष्ट्रबैंकको ढोका नजिक र १२. दुई (द्वय)अजिमा..... टुंडिखेल खुलामञ्च ढोका छेउ, १३. छक्कुबक्कु पिगं अजिमा( छक्कुबक्कु भगवती) समेत आदि तथा १४. लुमघी अजिमा ( भद्रकाली) शहिदगेट १५. मैती अजिमा(पञ्चकुमारी) र १६.बत्साला अजिमा(बच्छलेश्वरी) देवपतन पशुपति समेत ।
(ख). अष्टमातृका पीठमा नपरेका अजिमारु -
१. प्राचीन बौद्ध अजिमा( तिब्तीहरुले हारती माताका रुपमा पुज्ने गरेको छ) बौद्ध स्तूप संगै, २. म्वम्वता(ममता) अजिमा(भाटभटेनी) भाटभटेनी बिशालनगर र ३. जयबागेश्वरी ××××× समेत ।
ए - कान्तिपुर नगर सिमाना भित्र र बाहिर परेका अन्य प्रमुख देवीहरु -
१. संकटमोचन भगवती थँबही(ठमेलमार्ग), २. पलाँचोक भगवती भौकेब मरुढोका, ३. पलाँचोकभगवती लगन ग्वफल, ४. पलाँचोक भगवती चिकंमू, ५. बज्रयोगिनी चिकंमू, ६. नवदुर्गा मचली मतुली टेकु, ७. दक्षिणकाली त्रिदेवी ठमेल, ८. कामारकामक्ष त्रिदेवी ठमेल, ९. ज्वालामाइ त्रिदेवी ठमेल, १०. महालक्ष्मी जनसेवा जुद्धसडक, ११. गुह्येश्वरी जनसेवा जुद्धसडक, १२. पुरानो गुह्येश्वरी फुलवारी गोलढुङ्गा, १३. गुह्येश्वरीश्लेष्मान्तक वनको पाशुपाट क्षेत्र देवपतन पशुपति, १४. साकुना माजु(निलसरस्वती) नक्शाल, १५. नक्शाल भगवती नक्शाल, १६. थँहिटी भगवती थँहिटी, १७. कुसां भगवती जैसिदेगल ह्यूमत, १८. स्वभाभगवती बिष्णुमती, १९. निलबाराही हनुमानढोका, २०. संकटा देवी(स्त्रि पूरुष रुपमा रहने) टेबहाल, २१. जयबागेश्वरी(ग्वल) (-), २२. भुवनेश्वरी देवपत्तन(ग्वल) पशुपति, २३. राजराजेश्वरी भष्मेश्वरीघाट देवपत्तन(ग्वल) पशुपति, २४. मनमानेश्वरी टङ्गाल हारेगाउँ, २५. साम्राजेश्वरी भष्मेश्वरीघाट देवपतन पशुपति, २६. तारणी भवानी मखन, २७. दिगु तलेजु हनुमानढोका, २८. कँडेलचोक भगवती हनुमानढोका, २९. मसानकाली हनुमानढोका, ३०. तलेजु भवानी हनुमानढोका, ३१. बाघदरवार तलेजु भवानी बाघदरवार ३२. कालीकादेवी कालिकाथान डिल्लीबजार र ३३. त्रिपुरासुन्दरी भष्मेश्वरीघाट देवत्तन(ग्वल) पशुपति ३४. गंगामाता आर्यघाट (ग्वल) देवत्तन पशुपति ३५. देवपत्तन आमलकोट तलेजु(ग्वल) जयबागेश्वरी देवत्तन, ३६. मनकामना देवी शेषमान्तबन गोरक्षपीठ देवत्तन(ग्वल) पशुपति ,३७. सेतोमच्छिन्द्रनाथ(जनबाद्यः)को आमा( माजु सिमा) लगन, ३८. धुम्बाराही ..., ३९. बशुंन्धरामाँ(बशुंन्धरादेवी) स्वयम्भू, ४०. असंन बालकुमारी असन, ४१. . उग्रचण्डी(तमःद्यः) कैलाचौउर(धोविचौउर) लाजिपम्पाट, नारायणहटी दवार उत्तर ढोका ४३. शिवपार्वती( तारकेश्वर महादेव) मन्दिर भित्ररका नवदुर्गा योगीनीहरु(..१.श्री मंगलादेवी, २. पिंगलादेवी, ३. धान्यादेवी, ४. भ्रामिणी देवी, ५. उल्कादेवी, ६. सिद्धादेवी, ७. भद्रिका. ८. संकटादेवी र ९ विकटादेवी समेत नवदुर्गा योगिणीहरु हुन् । तर देगलको मूलदेवता भने तारकेश्वर महादेव हुन् ।),४४ मोहनकाली हनुमानढोका दवार भित्र, र ४५ त्रिपुरासुज्दरी हनुमानढोका दरवार भित्र, ४६. द्वयमाजु हनुमान ढोका दरवार भित्र र ४७. क्वंचा माजु पकनाजल गणेश, ४८. स्वभा भगवती थँहिटी-क्वाबहाः, ठमेलमार्ग र ४९. जिवित देवी श्री कुमारी माजु कुमारीघर बशन्तपुर आदि प्रमुख देवीहरु रहेका देखिन्छ ।
यसरी प्राचीन कान्तिपुर नगरको हाल काठमाण्डौ महानगर भित्र आज सम्म थाहा हुन आएका जम्मा जम्मी अष्टमातृका पिगंः(पीठ) का अष्टमातृका अजिमा ३४ र अष्टमातृका पिगंः((पीठ)मा नपरेका अजिमाहरु १७ समेत गरि जम्मा जम्मी अजिमाहरु ५१ देखिन आएको छ
भने अन्य ४९ प्रमुख देवीहरु रहेका देखिन आएको छ । यसबाहेक पनि टोल टोलमा विभिन्न कुमारी एवं नेवाः बस्तीका आ-आफ्ना इलाका भित्रका छ्वास अजिमाहरु आदि रहने परम्परा अनुसार नै रहेका नै देखिन्छ नै।
बर्तमान काठमाण्डौ महानगरको नक्शामा खड्ग आकारमा देखिएका अष्टमातृका अजिमाहरु -
श्री पचली भैरबको बाह्र वर्षे खड्ग सिद्धिजात्रामा गद्दीसीन राजाले श्री पचली भैरबको बाहुलीबाट खड्ग सिद्धि गरिने सांस्कृति पर्वलाई आधार मानेर श्री पचली भैरबलाई खड्गको बीडका रुपमा मानेर महानगर नक्शामा खड्ग आकारको अष्टमातृका अजिमा पिठलाई रेखा कोर्दै जाने हो भने देखिन आउने अष्टमातृका पिठ(पिगंः)हरु यश प्रकार देखिन आउछन् - १. नकिं/ नै अजिमा पिठ तथा पचली भैरब पिठ, २. कंग अजिमा, ३.लुतिं अजिमा, ४. चुलीं( साम्हाः) अजिमा भनिने ( ठमेल संकटमोचन भगवती र गलकोपाखा चोकको बिच बाटोको बायाँ तर्फ समसारा बुटिक घरजग्गा भित्र परेको अवस्थामा रहेको),५. चन्द्रलखु अजिमा( नारायणहिटी दरवार भित्र), ६. पासिक्व अजिमा( तिनधारा पाठशालाबाट कमल पोखरी जाने बाटोको बिच दायाँ तर्फ), ७. लुमधि अजिमा र ८. फिब्व अजिमा( कुमारी) शैनिक प्रधानकार्यालयबाट माईतिघर( फिब्वख्यः) जाने बाटोमा) अष्टमातृका अजिमाहरु हुन् । #प्रकाशमानशिल्पकार
Comments
Post a Comment