रजत महोत्सवले मुस्कुराएकी कलंकी आमा

 रजत महोत्सवले मुस्कुराएकी कलंकी आमा


        काठमाण्डौ महानगरपालिकाको १४ नं. वडा अन्तर्गत रहेकी श्री कलंकी माई( कल्खु अजिमा) मुसु मुस्कुराई रहकेो कलंकी मन्दिरको परिवर्तित स्वरुप तथा मन्दिरको झिल्लीमिल्ली बत्ती र फूलमालाको सजावटले  माताका सबै भक्तजनहरुलाई आभास दिएको छ । कलंकी क्षेत्र   नेपालको केन्द्रीय राजधानी काठमाण्डौको प्रमुख प्रवेश द्वारको रुपमा रही आएको छ । श्री कलंकी माता , प्राचीन नेपालमण्डलको कान्तिपुर नगरको पश्चिम विष्णुमती पारीको उचाईमा अवस्थित न्हेपंखा भन्ने ग्राममा विराजमान भएर कान्तिपुरनगरको पश्चिम द्वारको तान्त्रिक सुरक्षमा रहेकी छिन् ।  स्थानीय  स्वामिनी रहेकी काली स्वरुपिनी  श्री कुमार भगवानको  शक्तिरुपि कुमारीको बालरुपमा परिचित बालकुमारी माता  कलखु अजिमा हाल विश्वरभर श्री कलंकी मताका नामले  दिनहुँ श्री वृद्धि हुँदै गएको छ । यसरी विश्वभर दिनहुँ माताको नाम श्री वृद्धि हुँदै जानुमा माता बिराजमा रहेको न्हेपंंखा ग्रामको नाम नै माताको  नामबाट कलंकीमा रुपान्तरण भएर जानुको मूल कारण हो ।

         साविक कलंकी गा.वि.स. वडा नं ५(ख) को हाल काठमाण्डौ महानगरपालिका वडा नं १४ भित्र पर्ने यस अजिमायुक्त कलंकी शक्ति पीठ २०४६ सालमा पहिलो पटक जिर्णोद्धार गरी मन्दिर तथा मन्दिर परीसर  सजावट गर्नु भन्दा पूर्व यस शक्ति पीठ (मन्दिर) को स्वरुप उहिलेको पहिलो जिर्णोद्वार पछिको जस्तो थिएन । मन्दिरको रेखदेख कार्य गरी अजिमाको सेवा सुसार गर्दै आउनु भएका तथा मन्दिर संरक्षण समितिका सदश्य एवं आजिवन शदस्य समेत रहुनु भएका श्री मचाकाजी भहर्जनज्यूका भनाई अनुसार यो शक्ति पीठ साक्षत शक्तिस्वरुपमा देवीस्थल हुदाँ हुदै पनि उपेक्षित र संरक्षण रहित अवस्थामा रहेको थियो ।


        सडक भन्दा लगभग १० फिट तल खोविल्टो परेको स्थानमा अवस्थित यस मन्दिरको स्वरुप हेर्दा खेतमा रहेको एउटा साधारण कुवाको स्वरुप अवस्थामा रहेको थियो । मन्दिरभित्र साविक देखि हाल सम्म प्राकृतिक अवस्थारुपमा अवस्थित अजिमा लगायत सबै देव देवीहरुको मूर्तिहरु र ठूलो घण्टा रहेका खम्बा साविक देखि हालसम्म यथावत अवस्थामारहेको भएता पनि अजिमाको अमूर्त मूर्तिकोअगाडि बिचभागमा गोलाकार अमूर्त क्षेत्रपालदेवको मूर्तिको रुपमा (हाल ठूलो घण्टा मूनी रहेको) गोलाकार शिलारहेको थियो । 

        श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यक्ष  श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार हाल मन्दिरको ढोकारहेको स्थानबाट खुत्किलाहरु झर्दै तल झर्दा अन्तिम खुड्किलाको दायाँ बायाँ आफ्नो स्व. हजुरबुबा  डिठ्ठा मान बहादुर अधिकारी ज्यूले १९६४ सालमा अजिमामा अर्पण  गरीएको अजिमा तर्फ मुखादृष्टि गरीबसीरहेका ढलोटका दुईसिंह, २२ धार्निका काँशका ठूलो घण्टा, चतुरभूज आकार मन्दिरको खोबिल्टोमा काठको खटराखी जडान गरीराखेको जम्मा १७ धार्निका ४८ गोता ठूलो डल्लुहरु मध्य ४३ गोता पहीला नै चोरी भइसकेको । 

          ,यस अजिमायुक्त शक्ति पीठमा टाढा टाढाबाट पुर्जा गर्न आउनेहरुले समेतको सुव्यवस्थाका लागि मन्दिर परिसर क्षेत्रमा पहिला पहिला दुईवटा पाटी दाताहरुबाट सर्मपण गरी व्यवस्था गरी राखेकोमा हाल सबै पाटी सडक विस्तारमा परी पाटी मासिसकेका छन् ।

         सनातन देखिनै अजिमाहरुले हामीलाई र देशलाई संरक्षण र सुरक्षा गरी आइरहेको भएतापनि समय र परीस्थितिले गर्दा अहिले मठ मन्दिरलाई मात्र होइन देव देवीहरुको मूर्तिका समेत हामी श्रदालु भक्तजनहरुले सरंक्षण एवं सुरक्षादिनु पर्ने अवस्था भईरहेको यर्थाथतालाई न्हेपंखा कलंकी क्षेत्रका बासिन्दा र यस अजिमायुक्त कलंकी शक्ति पीठका श्रदालु भक्तनहरुले चिन्तन मनन गरी आफ्नो अधिस्थात्रि देवी कल्खु बालकुमारी अजिमा (कलंकी माई) र मन्दिरलाई संरक्षण, सुरक्षा र संभार गर्न संगठित र एक जुट भई श्री गज बहादुर खत्रीज्यूको अध्यक्षतामा  श्री कलंकी मन्दिरस्थान पहिलो पटक जिणोद्धार तथा सर सजावट समिति २०४६ को नाम बाट एक कमिटि गठन गरी १४ नं वडा कार्यालय का.म.पा. र श्रदालु भक्तजनहरुबाट आर्थिक संकलन गरी श्री बम बहादुर रायमाझीज्यू तथा जिणोद्धार तथा सर सजावट समिति का शदस्य सचिव ( हाल मन्दिर संरक्षण समितिका उपाध्यक्ष )श्री लक्ष्मण अधिकारी समेतको विशेष रेखदेखमा यस शक्ति पीठ र शक्ति पीठ परीसर क्षेत्रको जिर्णोदार एवं सरसजावट गरीएको थियो । त्यस्तै नै २०६६ सालमा स्वर्गीय आमा सन्तकुमारी खड्काको स्मृतिमा छोरा स्थानीय रत्न बहादुर खड्काबाट कलङ्की मन्दिर प्राङ्गनमा लम्बाई १०, चौडाइ ८ फुटको भुईतले एक एक कोठा निर्माण गरि धा्मिक कार्यको लागि, मन्दिरलाई प्रादान गर्नु भएको थियो ।


         २०५४ सालबाट यस मन्दिरको संरक्षणको दाइत्व बहन गर्न श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन गरी कानुन बमोजिम विधिवत दर्ता गरी श्री चन्द्र बहादुर थापा ज्यूको नेतृत्वमा संस्थाले मन्दिरको संरक्षणको जिम्मेवारी लिएपछि दाताहरुको सहयोग बाट समय समयमा मन्दिर भित्र र मन्दिर परीसरक्षेत्र विभिन्न किसिमले सर सजावट गरी मन्दिरको पहिले  दोस्रो जिर्णोद्वार पूर्वको    स्वरुपमा ल्याएका थिए । संस्थाले मन्दिरको संरक्षणको जिम्मेवारी लिए पछि अजिमाको नियमित नित्य पुजा, सन्ध्यााकालीन आरती गर्न एकजना पुजारीको र मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसार गर्न संस्थाले एकजना रेखदेख कर्ता व्यवस्था गरी नियमित नित्य पुजा, सन्ध्यााकालीन आरती र मन्दिरको रेखदेख एवं सरसफाई भई आएको हो । 

      त्यस्तै अजिमालाई श्रदालु भक्तजनहरुबाट समर्पण गरीएको बहुमुल्य गरगहनाहरुको व्यवस्थित गर्न संस्थाले एउटा छुटै गरगहना जिन्सि खाताको व्यवस्था गरीएको छ । मन्दिर संरक्षण समित दर्ता भए पछि संस्थाको तर्फ बाट संस्था विधिवत दर्ता भएको कार्तिक महिनाको २५ गते वार्षिक पुजा गर्ने व्यवस्था समेत गरीएको हो । यस अजिमायुक्त कलंकी शक्ति पीठमा पहिला श्रीकोमल प्रसाद रिमाल, विष्णु सुवेदी हुँदै हाल कृष्ण प्रशाद रिमालले नियमित पुजाको जिम्मा लिइ आएको छ । मन्दिरको रेखदेखमा पहिला श्री श्याम महर्जनले र निजको मृत्यु पश्चात श्री मचाकाजी महर्जनले जिम्मा लिई मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसारको जिम्मेवारी बहन गर्दै आएका छन् । हाल कलंकी मन्दिरको संरक्षण समितिको अध्यक्षमा श्री वीर बहादुर थापाज्यूको नेतृत्वमा मन्दिर संरक्षण कार्य हुँदै आएको छ ।

      उपत्यकाक‌ै बढी देवीदेवताहरु भएको मन्दिर भएको मानिने काठमाण्डौ  उपत्यका प्रवेश गर्ने प्रमूख पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ निर्माण हुँदा मूल सडकमै पर्न गई सडकले क्रमशः मिच्द‌ै गएको यो मन्दिर कलङ्की चोक र रविभवन क्षेत्रको मध्यभागस्थित मूल सडक सतहबाट तल खुल्ला आकाश मुनी अमूर्त अवस्थामा विराजमा रहेकी पूर्व मुखाकृत एवं दक्षिण मुखाकृत अवस्थामा लहरै खुल्ला आकाशमुनि  विराजमान रहेका विभिन्न ५९  देवीदेवताहरुको मूल देवीका रुपमा पूर्व मुखाकृति गरि विराजमान रहेको कलह र कलंक नासिनि भगवती श्री श्री श्री कल्खु कालकुमारी   मन्दिरको भित्रबाहिर साविकको स्वरुपमा रहेको मार्वल हटाएर रातो इट्टा( डाछि अपा) राखेर दोस्रो पटकको जिर्णोद्वारबाट मन्दिर अहिलेको आकर्षक स्वरुप आएको हो । 

दोस्रो जिर्णोद्वार पछि मन्दिर समितिले भक्तजनको सुरक्षामा ध्यान पुर्याएको छ -

       अनियन्त्रित सडक विस्तारले मन्दिर परिसर मिच्ने कार्य तथा अनियन्त्रित बढ्दो सवारी चाप समेतका कारण हुँईकिएर आउने सवारीले मन्दिर परिक्रमा गर्ने भक्तजनलाहृ हान्लाकि भन्ने डर रहेने अवस्थालाई मन्दिर समितिले हाल सडक तर्फ चार वटा फलामको खम्बा गाडेर खम्बामा फलामकै साङ्लो राखेर घेरा राखेको छ। जसका कारण मन्दिर प्रक्रमा गर्दा हुँईकिएर आएको सवारी साधनले हान्लाकि भन्ने त्रास हटेको भक्तजनमा अनुभूत भएका छन्। खम्बा र साङ्लो राखेका कारण चाडपर्वमा भक्तजनको घुईचो भएको बेला लामबद गराएर व्यवस्थित गर्न समेत सहज भएको छ । त्यस्तै नै मन्दिर भित्र धुप बत्ती बाल्दा भक्तजनको कपडा र कपाल सल्केर सानोतिनो हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न मन्दिर भित्र धुपबत्ती बाल्न रोक लगाएको छ । माताको पूजा अर्चनागरी धुप बत्ती मन्दिरको ढोका बाहिरै बालेर मातालाई अर्पण गर्न भक्तजनहरुमा अनुरोध गर्दै आएको छ ।


      कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्था विधिवत दर्ता भएको यश वर्ष २०८० कार्तिक २५ मा २५ वर्ष पूरा हुने भएकाले श्री सुन्दर थापा ज्यूको संयोजकत्वमा रजत महोत्सव वर्षका रुपमा गत वर्षको फागूण देखि विभिन्न २५ वटा चनात्मक कार्यक्रम सम्पन्न  गरीएको छ । रजत वर्षको अन्तिम दिन कार्तिक २५ गतेका लागि कलंकी मन्दिर दुलही झै सजिएको छ । मन्दिरको चारै तर्फ विभिन्न फूलले सजाएको छ । साँझ झिल्लीमिल्ली बत्तीले झक्कि झकाउ छ ।  आफ्नो मन्दिर दुलहि झै सजीएको देखेर  श्री कलंकी माता मन्द मुस्कानमा मुसु मुसु हाँसि  भक्तजनको कल्याणमा  दत्तचित्त रहेको हामी महसुस् गरीरहेका छौ । माता तिम्रो कल्याण होस्। जय होस्, तिम्रो कल्याण र जयबाट हामी समस्त मानवको कल्याण होस् , जय होस् । अस्तु।।

शनिवार २५ कार्तिक २०८० कार्तिक कृष्णपक्ष त्रयोदशी

ने.सं. ११४३ कौलागाः त्रयोदशी


Comments

Popular posts from this blog

कलङ्की मन्दिर परिचय

कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट)