श्री कलङ्की मातालाई चन्दुवा चढाउने
- Get link
- X
- Other Apps
श्री कल्खु बालकुमारी अजिमा( श्री कलंकी माई ) का पाउमा मूल चन्दुवा ( अजिमाको शिरमाथी राखिने चन्दुवा - इलाँ ) चन्दुवा चढाउने
श्री कल्खु बालकुमारी अजिमा ( श्री कलंकी माई) को मन्दिरमा दशैमा मूल चन्दुवा ( इलाँ ) चढाउन वर्षदिन अगावै श्रदालु भक्तजनले श्री कलंकी मन्दिर संरक्षन समितिमा आफ्नु नाम दर्ता गराउनु आवश्यक छ । तर साधारण चन्दुवा ( इलाँ ) भने श्रध्दालु भक्तजनले चाहेकै समयमा चढाउन सकिँन्छ । मूल चन्दुवा चढाउँदा चन्दुवाको साथमा तपसिल अनुसारको मन्दिर . मन्दिरको गेट . पिपल वोट र जमरा घर समेतका लागि झल्लरी समेत चढाउनु अनिवार्य छ । चाहिने चन्दुवा र झल्लरी : -
११. मूल चन्दुवा क्षल्लर
२. मन्दिरको ढोकाको लागि झल्लर - ५:०६ (५-१/२) फिट
३. मन्दिरको ढोकामाथीको छतमा २८ फिटको झल्लर
४. मन्दिरको चारै तर्फ - ९३ फिटको झल्लर
५. मन्दिर भित्रको छतमा - १८ फिटको झल्लर
६. पिपलको बोटमा - १२ फिटको झल्लर
७. जमरा कोठामा - ३ फिटको झल्लर
८. जमरा कोठा अगाडिको छतमा - २५ फिटको झल्लर
नोट - जमरा कोठाको लागि बाहेकका अन्य झल्लरहरुमा १६ इन्चको तुनालाई ठीक आधाभागमा झल्लरमा सिलाई गरि तुना राख्ने। यसरीराख्दा झल्लरको टुना बाढ्न सजीलो हुन्छ ।
- Get link
- X
- Other Apps
टिप्पणियाँ