कल्खु अजिमा

 कल्खु अजिमा



कल्खु 

       कलह, लः र खु शब्दहरु समायोजन भएर कल्खु भएको हुन सक्ने अनुमान गर्न कुनै तगारो देखिन्दैनन् । शब्दावली अनुसार शब्दको अर्थहरुमा  क्रमशः  कलहको झैझगडा वा अशान्त । लःको अर्थ पानी र खुको अर्थ  जल बगिरहेको प्रवाह स्थल खुसी अर्थात खोला,नाला वा नदी हुन् । जस्तै - न्यखु, लखु, लुँखुसि, भौचाखु , भौचाखुसि, बल्खु ,चल्खु  तथा हिजाखुसी आदि) ।

अजिमा

         "अजिमा" शब्द  नेपाल भाषाको शब्दावली हुन् । नेपाल भाषा भन्नाले प्राचीन नेपाल नेपालमण्डलको राष्ट्रिय भाषा हुन् ।  अहिले नेपालको राष्ट्रियता नेपाली भने जस्तै त्यस समय नेपालमण्लको राष्ट्रियता नेवाः र राष्ट्रिय भाषा नेपाल भाषा रहेको थियो । नेपाल भाषालाई अहिले नेवाः भाषा वा नेवार भाषा भन्ने गरिन्छ । नेवाः भाषा अनुसार आमाको आमा,बुबाको आमा तथा गर्भवती महिला प्रसव हुँदा सकुशल शिशु जन्ममा सहयोग गर्ने प्रसव अनुभवी महिलालाई अजि भन्ने गरिन्छ । मां भन्नाले जननी याने आमा हो । यसरी मां र अजि शब्द समायोजन भएर अजिमा भएको । अनि बुढी बज्यैलाई अजिमा भन्ने गरेको समेत देखिन्छ । नेपालमण्डलको धार्मिक , सांस्कृतिक तथा लोक मान्यतामा   अनुसार अलिबलि पुजा ग्रहण गर्ने तान्त्रिक देवीहरुलाई पनि अजिमा नै भन्दै आएको छ ।

        अलिबलि पुजा ग्रहण गर्ने तान्त्रिक देवीहरुलाई अजिमाका रुफमा मान्ने मान्यता काठमाण्डौ उपत्यकाहरु मध्यमा ललितपुर भन्दा काठमाण्डौ र भक्तपुरमा बढी नै लोक मान्यता रहिआएको देखिन्छन् । ललितपुरमा ती तान्त्रिक देवीहरुलाई अजिमा नभनिए तापनि माजु भनी सम्बोधन  गर्ने लोकमान्यता रहि आएको देखिन्छ । "मा" आमा शब्दबाट आएको हो भने "जु" शब्दको पछाडि आउने नेपाल भाषाको  आदरसूचक अक्षर  हो । काठमाण्डौमा  राजकीय सम्मान दिन्दै  आएकी देशकोअधिष्ठात्री देवी तलेजु भवानीको शक्तिको प्रतीकका रुपमा राज्यले मान्दै आएको जिवित देवी श्री कुमारीलाई नेपालमण्डल वासीले श्री कुमारी माजु भनी सम्बोधन गर्ने गरेको पाइन्छ । त्यस्तै नै खड्गाकार कान्तिपुरनगर सिमाना भित्रका प्रमुख अष्टमातृकाहरु मध्यका कान्तिपुरनगरको मध्यभाग( दथुत्वा ङ्यतँ) नरदेवी टोलको स्वयतकाली( ङ्यतँमरु अजिमा) को छोरीलाई पनि श्री कुमारीमाजु   एवं बिफरजस्ता महामारीको प्रकोप लाई शान्त गरि सितलता दिने देवीका रुपमा मान्यता पाएकी देवीलाई सितला माजु र सिम्रंगडबाट  तलेजु भवानी यहाँ आउनु भन्दा अघिका देशको अधिष्ठत्री देवीहरु म


ध्यकी एक देवीलाई समेत पनि दुई माजु भन्ने गरेको देखिन्छ । 


पिठ देवी र पिठमा नपरेका तान्त्रिक देवीहरु पनि अजिमाको लोकमान्यता

       पीठ(पीगं), अष्टमातृका सहित अष्टमातृका गण परिवारहरु भैरव, गणेश, कुमार व सिंघ्रिनी, ब्यांघ्रिनी समेत रहेको पीठका प्रमुख मातृकालाई अजिमा भनी सम्बोधन गरिए जस्तै पिठमा नपरेका  तान्त्रिक देवीहरुलाई अजिमाको लोक लोकमान्यता रहि आको छ ।

अजिमा नेपालमण्ल वासीको संरक्षिका देवी

    नेपालमण्डल वासीले आफ्नो देश , नगर , गाउँ  तथा आफ्नो परिवारको संरक्षणका लागि प्राचीन काल देखि मान्दै पुज्दै आएको आफ्ना संरक्षिका देवी हुन् ।

कल्खु अजिमा

     नेपालमण्डलको कान्तिपूर नगर र नगरबासीहरुको सुरक्षाका लागि बिराजमा रहनु भएका  विभिन्न अजिमायुक्त शक्ति पीठहरु मध्य विष्णुमति पारी उचाइमा  साविक न्हेपंखाको हाल कलंकी भन्ने ठाउँमा बिराजमान रहनु भएका अजिमायुक्त कलंकी शक्ति पीठका मूल देवी नै कल्खु अजिमा पनि एक हुन्  । हाल कल्खु  अजिमा श्री कलंकी माईका नामले बिश्वब्यापी श्री वृद्धि हुँदै गएको छ । बल्खु खोला (इन्द्रमती) र करखुसी (कालीमाटी खोला, मनमती नदी) बिचकोउचाइ साविक न्हेपंखा भन्ने स्थानमा बिराजमान रहनु भएका छन्,  कल्खु अजिमा । यि अजिमा अष्टमातृका गण अजिमाहरु मध्यका कौमारी (बालकुमारी) अजिमा हुन् । यो कल्खु अजिमा (कलंकी माई) न्हेपँखा क्षेत्र, पूरानो कालीमाटी क्षेत्र, रविभवन क्षेत्र, सुनार गाँउ क्षेत्र तथा ढुङ्गा अड्डा र स्यूचाटार क्षेत्रका बासिन्दाहरुको अधिष्ठात्री देवी हुन् ।

       कल्खु अजिमा (कलंकी माई) को दक्षिण पूर्वमा  बाग्मती, उत्तर पूर्वमा विष्णुमती, उत्तरमा करखुसी (कालीमाटी खोला) र दक्षिणमा बल्खु खोला (इन्द्रमती) नदीहरु इलाका अवस्थितरहेका छन् । यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरुको भनाई अनुसार यो शक्ति पीठ पौराणीक कालमा श्री सतीदेवीको अंग पतन भई उत्पति भएका शक्ति पीठहरु मध्य यो पनि एक हो । सतीदेवीको कुन अंग यहाँ पतन भएको स्थान हो भन्ने चाहि एकिन छैनन् । कल्खु अजिमा नै समयको अन्तराल संगै  कल्खु बाट कलंखुछल।र कलंखुबाट कलंकी माई भनी हाल विस्वभर श्री कलंकी माईको नामले श्री वृद्धि हुँदै एका छन् ।

कल्खु  अजिमा  पंचकुमारीको घेरामा

             नेपाल मण्डलको परम्परामा कुमारी संस्कृति सूक्ष्म रूपमा भिजेको छ । हरेक टोल टोलमा कुमारीहरू स्थापित हुन्छन्, प्रत्यक्ष बोल्ने नै नभए पनि गण सहित अमूर्तरूपमा स्थापित हुन गरेका हामी देख्न सक्छौ । पूर्व तर्फ दृष्टि गरि बस्नु भएकी न्हेपंखाकी स्वामिनी कलंकी माता(कल्खु अजिमा) लाई उत्तर र दक्षिण तर्फबाट पंचकुमारी घेरीएर विराजमान रहेको हामी देख्न सक्छौ । अजिमालाई घेरिए बसेका कुमारीहरुमा उत्तर तर्फ हाल बुद्ध मार्गको१ कुमारी, गितापान्चायन मन्दिर संगै, मार्गको २ कुमारी र कलंकी मन्दिरको अगाडि सडकको बायाँ तर्फ भित्र रहेको ३ कुमारी भैरब त्यस्तै दक्षिण तर्फ तासींण्डोलको हाल कुमारीथान गल्ली पूर्व नसस पृथु रिजालको घर पछाडिको ४ कुमारी र रविभवनबाट बिद्दुत प्राधिकरण जाने .... मार्गमा रहेको लिङ्कन स्कूल र पर्यटन .....भवन पछाडि रहेको ५ कुमारी समेत पाँच कुमारी रहेको हामी देख्न सक्छौ । त्यस्तैनै यश न्हेपंखा क्षेत्रको हाल लामपाटी मार्ग भित्र दैविक शक्ति रहेको सुँडेकुवा र रविभवन चुन्नेपाखामा चुन्ने भैरब र तासिंण्डोल कुमारीथान गल्लीको कोट भगवती समेत प्राचीन कन्दिरहरुरहेको हामी देख्न सक्छौ।

कल्खु अजिमा तन्त्र साधकहरुको दृष्टिमा

      लोक मान्यतामा अजिमा बालकुमारी रहेता पनि मतालाई काली वा त्रिपुरसुन्दरी वा  कमला देवी हुन सक्ने भन्ने अनुमान गर्ने गरेका छन्।  तन्त्र साधकहरुको यस्तो अनुमान हुुनुमा   अजिमाको पछाडि लहरै पाँच वटा शिलाहरुलाई भैरबका,मूर्तिका रुपमा पुज्दै आएकाले नै हो । माताको पछाडि लहरै रहेको पाँच भैरब अजिमाको आसनका रुपमा रहेको हुन सक्ने । पाँच भैरबको आसन गरेर वस्ने महादेवहरुमा काली र त्रिपुरसुन्दरी रहेको भन्ने समेत रहेा छन् । काठमाण्डौको प्रमुख अष्टमातृकाहरु मध्य कान्तिपुरनगर खड्गाकार सिमाना भित्ररहेको नरदेवीको स्वयटकाली पाँच खप्परलाई आसन गरि बसेको , खप्पर भैरब नै रहेको । त्यस्तै त्रिपुरसुन्दरी पनि पाँच भैरबहरुलाई आसन गरि बसेको छ भन्ने रहेको छ । कल्खु अजिमा( कलंकी माता) को मन्दिर पछाडि कलमल भैरब रहेकाले कमला महादवी पनि  हुन सक्ने भन्ने अनुमान गर्ने गरेका छन् ।

कलंकी मन्दिर उपत्यकाक‌ै बढी देवीदेवताहरु भएको मन्दिर -

       उपत्यकाका अधिकांश अष्टमातृका शक्ति पिठहरुमा अष्टमातृका गण देवीदेवताहरुका मूर्त अमूर्त मूर्तिमा सामान्यतया शक्ति पिठ)को देवीदेवता गणहरुमा हुने गणपूरक देवीगणहरु –१४ गणपूरक देवीगणहरु देवीलेवताका मूर्तिहरु रहेका हुन्छन् । १४ गणपूरक देवीगण मूर्तिहरुमा १. गणेश,२. सिहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. क्षेत्रपाल, ६. कुमार, तथा आठमातृकाहरु- ७. ब्रम्हायणी( ब्राम्ही), ८. माहेश्वरी( रुद्रायणी), ९. कुमारी( कौमारी), १०. वैष्णवी( भद्रकाली)(नारायणी),११. वाराही, १२. इन्द्रायणी(एन्द्री), १३. चामुण्डा (महाकाली) र १४. महालक्ष्मी समेत रहेका हु्छन् । तर कलंकी माताको शक्ति पिठमा भने मन्दिर भित्र मात्रै पनि ५९ देवीदेवताकाअमूर्त मूर्तिहरु रहेको देख्न सक्छौ भने मन्दिर बाहिर पछाडि कमल भैरबको र मन्दिरको ढोका अगाडि पिखालखुद्यको अमूर्त मूर्ति रहेको छ । ५९ अौ अमूर्त मूर्तिहरु मध्यमा श्री गणेश, श्री कलंकी माता, श्री संकटा, श्री महाँकाल, श्री मनकामना र श्री दक्षिणकाली माताको मात्र पहिचान हुन सकिरहेको छ भने अन्य अमूर्त मूर्तिहरु मध्यमा कलंकी माताको मूर्ति पछाडि तर्फ लाईनै रहेका छ मूर्तिहरुमा बेताल र भैरब देवताहरु रहेको भन्ने   भक्तजनहरुको भनाई रहेका छन्।  गणनामा मन्दिर भित्रकै श्री कलंकी माताको पछाडि माथि भित्तामा देखिएको नेपालमण्डल वासीले मान्दै आएको नाटकेश्वर देवता( नासःद्यः) हुन सक्ने तर हाल कसैले नासःद्याका रुपमा पुजेको नदेखिएको तिन त्रिकोण देवताका रुपमा गणना गरीईको छै न ।

प्राचीन नेपालको कान्तिपुर नगरभित्र रहेभएका  अहिले सम्म थाहा हुन आएका  अजिमाहरुमा  पीठ(पीगं) भित्रका ३९ पीठ अजिमा तथा पीठमा नपरेका २१ अजिमाहरु रहेको देखिएन आएको छ । ती अजिमाहरुमा -

पिगं(पिठ)मा परेका ३९ अजिमाहरु निम्न अनुसार रहेका छन् -

१. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल 

२. कंग अजिमा( चामुण्डा) - कंकेश्वरी

३. म्हयपी अजिमा( ज्ञानेश्वरी-योगाम्बर)- म्हयपी

४. मैती अजिमा( पञ्चकुमारी- मैती

५. ङ्यतमरु(ङ्यतभुलु )अजिमा (स्वयतकाली)- नरदेवी

६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती

७. लुतिमरु अजिमा( इन्द्रायणी)- ढल्को

८. टकटी अजिमा( निलवाराही) - टंकेश्वर { उपरोक्त अष्मातृकाहरु कलिगत सम्वत ३८२७ मा राजा जुणकामदेवले कान्तिपुर नगरलाई खड्गाकार अष्टकातृकाको घेराले सुरक्षा गर्न स्थापना गराएको भन्ने वंशावलीमा लेखिएको छ}

९. कुलांभुलु( कुलांमरु) अजिमा( रक्तकाली) - कुलांमरु त्यङ्घः

१०. भमूलु अजिमा - कुनांटोल कमलाक्षी(कःमीलाच्छी)

११. लुचुभुलु अजिमा(भद्रकाली) - केलटोल

१२. वटुभद्रकाली अजिमा - वटु ( यसको छुट्टै पिठ छैनन् टुंडखेल लुमधी अजिमाको पिठनै लनिने गरेको छ)

१३. हाकु अजिमा( कुमारी) - यटखा चोखाछें गल्ली, पूर्व मन्त्री भूवनमानको घर कम्पाउण्डमा

१४. साम्हा अजिमा( चुलिं अजिमा)/ थमेल अजिमा ( पासान चामुण्डा - ठमेल समसारा बुटिक कम्पाउण्ड भित्र

१५. फुसिंख्य अजिमा/मनमैजु अजिमा( इन्द्रायणी मनमैजु तारकेश्वरनपा

१६. फुसिंख्य अजिमा( इन्द्रायणी)- ठमेला भगवान बहालको उत्तर पूर्व सडकको अलि भित्र

१७. पोर्पा अजिमा(चामुण्डा)- पोर्पाजङ्गल, सामले, रानीवारी

१८. नकिं अजिमा( नै अजिमा- पचली अजिमा)- पचली भैरब पिठमै

१९. ख्वना अजिमा( सिद्धिकाली) - पचलीबाट राजतिर्थ सानेपा जाने।बाटो छेउ

२०.कुलः अजिमा(कुलेश्वर अजिमा)- कुलेश्वर महादेव रहेको स्थान

२१. कल्खु अजिमा( बालकुमारी- कलंकी माई) न्हेपंखा( कलंकी).( काठमाण्डौ उपत्यकाको पिगं( शक्ति ) पिठहरु मध्यमा बढी देविदेवता रहेको देखिएको पिठ । यस पिठको मन्दिरभित्र मात्रै पनि ५९ वटा अमूर्त प्राचीन मूर्तिहर रहेका छन ।

२२. चन्द्रलखु अजिमा - हिटिपुखु नक्साल क्षेत्रको चल्खु भन्ने ठाउँ जहाँ पछि कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार भत्काएर नायणहटी राजदरबार निर्माण भए पछि राजदरबार क्षेत्रभित्र पर्न गयो । यो अजिमा मन्दिर स्वरपमा विराजमान भएको नभई पोखरीको पानी भित्र वास्तविक मूर्त या अमूर्तमूर्त रहेको छ भन्ने भनाई रहेको छ , पोखरी अगाडिको दिलमा दुईतिन ढुङ्गाहरु अस्तिरर अवस्थामा रहेको देखिन्छ , त्यसै ढुङ्गालाई नै पूजा तथा दर्शनढोग गर्ने गरी आएको छ । यस अजिमा पिठमा नियमित नियम पूजा सम्मको कुनै व्यवस्था छैन

२३. चन्द्रलखु अजिमा ? -  हिटीपुखुको( नारायणहिटी पोखरीको) उत्तर तर्फरहेको नाराण मन्दिर प्राङ्गणमा रहेको कौमारी केहि समुदायको कुलदेवता भनेको एक दुईजनाले यो पनि चन्द्रलखु अजिमा हो भन्ने गर तर यसको पुस्ति भने भएको छैन ( हाल सम्म यो कुमारीलाई पनि चन्द्रलखु अजिमानै भन्छ भन्ने पुस्ति भएको छैन)

२४. तुसिमरु अजिमा ( स्वयटकाली) - बालुवाटार

२५. त्वरद्यः अजिमा( तुदाल देवी)- बालुवाटार

२६. जमः अजिमा( भद्रकाली) - जमल, राष्ट्रिय नाचघरको ढोका संगै,

२७. पासिक्व अजिमा - तिनधारा पाठशाला बाट कमलपोखरी जाने।बाटोमा

२८. कमलादी अजिमा(कमारी)- कमलादी गणेश मन्दिर भित्र

२९. फिब्व अजिमा( कुमारी) - सैनिक मुख्यालयबाट माईतिघर मण्डला फिब्वख्यः जाने पुरानो बाटोमा । हाल यो बाटो सर्वसाधारणले प्रयोग गर्न निषेधित गरिएकाले  भक्तजनहरुले चाहेको बेलामा दर्शन गर्न पनि नपाउने भैरहेको छ )

३०. द्वला अजिमा(कुमारी) - राष्ट्र बैंकको ढोकाको बायाँ तर्फ माथि उचाईमा

३१. छक्कु बक्कु अजिमा( छक्कु बक्कु भगवती) - नयाँबानेश्वर अन्तर्राष्ट्रिय भवनको बायाँ सडक भित्र

३२. घन्यवन्तरीअजिमा( धनन्तरी वाराही) - हाडीगाउँ

३३. द्वय अजिमा( दुई अजिमा) - खुल्लामञ्चको ढोकाको दायाँ रत्नपार्क 

३४. पिङ्गला अजिमा ? ( बज्रेश्वरी)- तिलगङ्गा पशुपति 

३५. पिगं अजिमा - इनबहाल यस पिगं उपत्यकाकाो दोस्रो धेरै दिवीदेवततहरुको मूर्ति रहेको पिगं याने पिठ हो । पस पिठमम यकै ठाउँका गुचुमुच्च अवस्थामा लगभग ३२-३३ मूर्तिहरु देखिन्छन् ।

३६. पिगं अजिमा -  ( इन्द्रायणी) - किलाघः रहेकोस्थान किलाघः

३७. पिगं अजिमा (नवदुर्गा) - गंगाहिटी चाबहिल

३८. पिगं अजिमा - मागः( मालीगाउँ)  र

३९. पिगं अजिमा - सुन्धारा

पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् प्राचीन नेपालमण्डलको कान्तिपुरमा अहिले सम्म देखिन आएकाअजिमाहरु 

         प्राचीन नेपालमण्डलको कान्तिपुरनगर भित्र अहिले सम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ ।  अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरु मध्य पिगं( पिठ) अजिमा ३९ छन् भन पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ । हामीले  कतिपय अजिमाको नाम र स्थान नै बिस्रिसकेका छौ।

पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् -

१. असंभुलु अजिमा( अन्नपूर्ण) - असन

२. ज्वाला अजिमा( ज्वाला माई) - त्यर

३. न्हेकंतल्ला अजिमा(उग्रतारा) - न्हेकंतल्ला

४. अरिंचा अजिमा - चिकंमूगल दबुकोपश्चिम कुनामा जहाँ अहिले टेलिफोनको बक्स रहेको छ , हाल यहाँ अजिमको कुनै अस्तित्व देखिन्द‌नन्

५. बाबरी अजिमा( खुसिं अजिमा) - वण्डे स्थित पचिमह्र जात्रामा जात्रा गरीएने नाय्खिबाजामा सिद्ध भईरहेका गणेश( रुद्रविणायणको देवगृह संगै रहेको सानो टहरामा रहेने गरेको पचिपह्र जात्राको समयमा वन्देबाट टेकु वरालो झर्ने वकालोमा राखेर पूजा गर्ने परम्परा रहेको भन्ने सुनिन्छ तर हालको स्थितिको जानकारी चाहिं छैन।।

६. हारती अजिमा - स्वयम्भू 

७. जातीका अजिमा - ठमेल भगवान बहालको उत्तपूर्व सडक भन्दा पश्चिम भित्र

८. हारती अजिमा - श्रीघः

९. बिज्यासः अजिमा( बिजेश्वरी)

१०. - चुलीं अजिमा( चुनी अजिमा) चुनदेवी - बिजेश्वरी मन्दिर पछाडि उत्तर तर्फ अलित तल

११. श्री महामाया अजिमा - कर्णदिप स्वभाभगवती

१२. चुलीं माजु अजिमा - ताहाचल क्पाम्पस संगै छाउनी जानेबाटोमा

१३. आजुअजिमा ( गन्धुरीदेवी) - खुसीबही ताहाचल टंकेश्वरी

१४. स्वकिं अजिमा - टकटी अजिमा पिठ संगै टंकेश्वर

१५. प्याथ्व अजिमा( सितलामाई) - बाईसधारा उद्यान बालाजु

१६. प्राचीन अजिमा (छसकामुनी- हारती माता) बौद्धस्तुप संगै उत्तर तर्फ

१७. म्वम्वता अजिमा( ममता अजिमा) भाटभटेनी ,हाडीगाउँ

१८. योगाम्बर अजिमा( म्हयपि अजिमा) -कुटुबहाः पिङ्गलाबिहार चाबहिल 

१९. माछिन्द्र अजिमा ताहाचल ? टोलको नाम नै मच्छिन्द्र अजिमा राखिएको देखिन्छ तर त्यहाँ कुनै अजिमा छ भन्ने अस्तित्व मात्र हैन कसैलाई जानकारी।समेत छैनन तर,त्यहाँ ए लोकेश्वर मच्छिन्द्रनाथको प्रचाीन जस्तो देखिने प्रस्तर मूर्ति भने छ । कालीमाटी १३ वडा कार्यालय अगाडिको  बाटो भएर उत्तर तर्फको सानो गोरेटो गल्ली भएर ताहाचल टंकेश्वर कुमारी गल्ली निस्कने बाटोको सानो गोरेटो गल्लीलाई मच्छिन्द्र अजिमा गल्ली भन्दो रहेछ ।

२०. स्वाहा अजिमा( स्वाहा / स्वभा भगवती) ?

२१. छ्वास अजिमा - हरेक टोलको आ-आफ्नै इलाका छ्वास अजिमा (सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने काम छ्वास अजिमा र कलःगाः देवताले  स्थानीय अधिकारीका,रुपमा काम गर्छन् भन्ने मान्यता छ। परम्परागत नेवाः बस्तीको हरेक टोटोलमा आ-आफ्नै इलाका थान गणेश, छ्वास अजिमा, कलगाः, क्षेत्रपाल भैरब तथा पिगंरहेको हुन्छ ।

Comments

Popular posts from this blog

कलङ्की मन्दिर परिचय

कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट)