Posts

Showing posts from July, 2021

कान्तिपुर नगर भित्रका अग्टमातृका शक्ति पिठ(पिगंः) र अजिमाहरु एवं अन्य प्रमुख देवीहरु समेत

Image
कान्तिपुर नगर भित्रका अग्टमातृका शक्ति पिठ(पिगंः) र अजिमाहरु एवं अन्य प्रमुख देवीहरु समेत पृष्ठभूमि        प्राचीन नेपालमण्डलको पहिलो राजधानी भक्तपुर र त्यसपछिका नरदेश बिशालनगर हाडिगाउँ त्यसपछि गुणप्व लायकु हालको हनुमाढोका दरवारतयार भई कान्तिपुर नगर निर्माण हुनु अघि लिच्छिवि राजा गुणकामदेवले कलिगत सम्वत ३८२७ ने.सं.       मा यहाँको बिष्णुमती, बागमती, इक्षुमती( तुकुचा), रुद्रमती(हिज्याःखुसी- धोविखोला)को किनारामा दक्षिण मञ्जुपतन यंगाल कोलिग्राम र उत्तरको यम्बु कोलिग्रामका दुई कोलिग्रामनामका प्राचीन बस्तीलाई एकै ठाउँमा समायोजन गरि। एकातर्फ स्वयम्भू र अर्कोतर्फ भिरालो भूमि पर्ने गरि महामञ्जुश्री तथा शक्तिका प्रतीक रहेको खड्ग आकार भूमिको कान्तिपुर शहर निर्माण गरेको भन्ने बंशाबली इतिहासमा रहेको भन्ने छ । बंशाबली इतिहासमा लेखिए अनुसार राजा गुणकामदेवले खड्ग आकार कान्तिपुर नगर भूमिलाई तन्त्र साधना विधिबाट नगरका विभिन्न आठ कुनामा आठ अजिमायुक्त शक्ति पिठ(पिगंः) र भैरब शक्तिका तान्त्रिक सुरक्षा घेराका रुपमा अजिमायुक्त शक्ति पिठ(पिगंः)ले घेरिएर राखेको छ । ...