राजधानीको पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट)
राजधानीको पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर (एक टिपोट) ✍️ प्रकाशमान शिल्पकार * पृष्ठभूमि संघीय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ महानगर प्रवेशको पश्चिम प्रवेशद्वारका रुपमा रहेको कलंकी क्षेत्र र कलंकी मन्दिर( कलंकीस्थान) हाल विश्वभर झन झन् प्रख्यात हुँदै गएको छ । पृथ्वी राजमार्ग , त्रिभुवन राजमार्ग (राजपथ) र नारायणगढ मुग्लिन मार्ग भई केन्दिरय राजधानी प्रवेशष गर्ने मूल द्वारका रुपमा कायम भई आएका कारण यश कलंकी क्षेत्र दिनहुँ विश्वभर प्रचार प्रसार हुँदै जानुनै हो । यसरी कलंकी नामले विश्वर प्रचार हुँदै गए पछि यस क्षेत्रका स्वामिनी देवी श्री कलंकी माता ( माई) समेतको पनि दिनहुँ जस्तो श्रीवृद्धि भइ प्रचार हुँदै गएका छन्। बागमती प्रदेशको ८ नं चुनाव क्षेत्रमा परेको यो कलंकी क्षेत्र काठमाण्डौ महानगरपालिकाको १४ नं वडा भित्र पर्दछ। * भौगोलिक अवस्था- कलंकी क्षेत्रको भौगोलिक स्वरुप - पूर्व तर्फ यसै वडा अन्तर्गतको मनमती खोला र बिष्णुमति खोलाको संगम स्थल ज्ञान तिर्थ, कुलः अजिमा(श्...