नेपाली समाजमा देव वृक्ष पिपल
प्रकाशमान शिल्पकार संस्कृतमा अश्वत्थ, वैज्ञानिक नाम फाइकस र नेपालीमा पिपल भनिने वृक्ष स्वर्गबाट पृथ्वीमा पठाइएको कथा हिन्दु शास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रहअनुसार स्वर्गका राजा देवेन्द्रलगायत समस्त देव देवताले पठाएको पिपल र पारिजातको बोट रामचन्द्रजीले आफ्नो पुष्प विमानमा नै राख्ने व्यवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई विमानमा राख्दा विमान जहाँ जहाँ गयो विमानबाट पिपल र पारिजातको बीजसहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रँदै गएछ भन्ने कथा छ । गीतामा भगवान् श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयं आफ्नो रूप बताएका छन् । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा ग¥यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ । त्यसैले आम सनातनवादीहरू पिपल बोटमा जल चढाई पूजा अर्चना गरी परिक्रमा गर्छन् । यस ‘देव वृक्ष’लाई विशेषत शनिवारको दिन पूजा गर्ने गरिए पनि बिहीवार र आइतवारका दिन पनि विशेष पूजा गर्ने गरेको पाइन्छ तर पनि देव देवालयको परिसरमा रहेको पिपलको बोटमा श्रद्धालु भक्तजनहरूले दैनिकरू...